• TOKHA LIVE

    • २५ बैशाख २०७९, आईतवार २१:१३

    आचारसंहिताको उलङ्घन गर्दै बाँकेका राजनीतिक दलहरु

    गणेश रावत/टाेखालाइभ डट कम

    कोहलपुर,बैशाख २५
    बाँकेका राजनीतिक दलहरु स्तानीय तहको निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै आएका छन् । निर्वाचन आउन अब पाँच दिन मात्र बाँकी रहेको छ । र्विाचन हुने समय नजीकिदै छ । यता राजनीतिक दलहरु आफ्नो शक्ति पर्दशन र आफ्नो जित निकाल्न दौडिरहेका छन् । पछिल्लो समय कोहलपुरमा चुनावी प्रचार–प्रसारमा बालबालिकाको प्रयोग समेत बढ्दै गएको छ । निर्वाचन आचारसंहिता बाँकेको कोहलपुरमा कांग्रेस, जनता समाजवादी पार्टीलगायत दलले माइकिङका साथै मोटरसाइकल ¥याली प्रदर्शन गरेका छन् । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन निष्पक्ष, पारदर्शी, भयमुक्त, स्वतन्त्र र स्वच्छ रुपमा सम्पन्न गराउन निर्वाचन आचारसंहिता लागु गरे पनि उम्मेदवारहरुले त्यसलाई बेवास्ता गर्दै मोटरसाइकल ¥याली प्रदर्शन गरेका छन् । पार्टीको झण्डाका साथै चुनाव चिन्ह अंकित तुल, ब्यानर मोटरसाइकल प्रदर्शन गर्दै गरिरहेका छन् । तर राजनीतिक दल, उम्मेदवार तथा दलको भ्रातृ संगठनले पालना गर्नुपर्ने आचरणसम्बन्धी निर्वाचन आचारसंहिताको बुंदा नम्बर १२ मा यसरी प्रदर्शन गरिने जुलुसमा पार्टीको झण्डा र निर्वाचन चिन्ह प्रयोग गर्न बन्देज लगाइएको छ । निर्वाचन आचारसंहिताको बुंदा १२ को ९घ० मा जुलुस वा आमसभामा भाग लिने वा प्रचार प्रसार गर्ने व्यक्तिले दलको निर्वाचन चिन्ह, झण्डा, अंकित लोगो वा स्टिकर वा कपडा, टोपी वा क्याप, भेष्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याच, मास्क वा लकेट लगाउन वा झोला बोक्न नहुने उल्लेख छ । तर उम्मेदवारहरुले गाउँ, टोलमा पार्टीको झण्डा, निर्वाचन चिन्ह र माइकिङ गर्दै दैनिक जुलुस प्रदर्शन गर्दै घरदैलो गरिरहेका छन् । आचारसंहितामा यस्ता ¥यालीहरु समेत प्रदर्शन गर्नमा बन्देज लगाइएको छ । बाँकेका उम्मेदवारहरुले यसरी नै मोटरसाइकल, अटो रिक्सा र गाडीको ¥याली प्रदर्शन गरिरहेका छन् । दिनहुँ जसो अहिले राजनीतिक दलहरु घरदैलो कार्यक्रम तथा चुनावी आमसभाहरुमा बालबालीकाको प्रयोग हुँदै आएको पाईएको छ । कोहलपुरको मुख्य बजार क्षेत्र तथा अन्यत्रको प्रचार अभियानमा समेत बाक्लो सँख्यामा बालबालिकाहरुको प्रयोग हुँदै आएको छ । पछिल्लो समय निर्वाचन आचारसंहिता विपरित प्रचार प्रसार गर्ने ,मतदाताहरुलाई प्रभावित पार्नका लागि विभिन्न प्रलोभन पार्ने काम गर्ने गरेको घटना बढ्दै गएका छन् । शनिबार बाँकेको कोहलपुर नगरपालिका वडा नं। २ मा निर्वाचन आचारसंहिता विपरित ग्रभेल खसालिएको थियो । नेकपा एमालेको तर्फबाट वडा नं। २ को वडा अध्यक्ष पदका उम्मेदवार कर्णसिंह बिसीले निर्वाचन आचारसंहिता विपरित शक्तिनगरमा ग्राभेल खसालेको भन्दै स्थानीयले विरोध जनाएका थिए । कोहलपुर नगरपालिका वडा नं। २ का निवर्तमान अध्यक्ष समेत रहेका बिसीले मतदाताहरुलाई प्रभावित पार्नका लागि ग्राभेल खसालेको भन्दै इलाकावप्रहरी कार्यालय कोहलपुरले जेसिभीको चाबी र दुई ट्यांकी पानी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । कोहलपुर निर्वाचन आयोगका प्रमुख तिर्थराज भट्टलेका अनुसार चुनाव प्रचार प्रसारमा बालिबालिका प्रयोग गर्नु आचारसंहिताको उलङ्घन भएको बताए । उम्मेदवारहरुलाई निर्वाचन आचारसंहिता उल्लंघन गरेको बारेमा सचेत गराउने लगायतका कारबाही प्रक्रिया सुरु गरिएको बताए ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै