• TOKHA LIVE

    • २५ बैशाख २०७९, आईतवार ०८:२६

    जागीर छाडेर राजनितिमा होमिएका मालारानी गाउँपालिकाका अध्यक्ष पदका उम्मेद्धवार दलबहादुर भट्टराईको यात्रा

    शोभाखर पन्थी/ टाेखालाइभ डट कम
    बैशाख २४,२०७९

    यस पटक मालारानी गाउँ पालिकाका बासिन्दाले पार्टी भन्दा माथि उठेर मतदान गर्ने भएका छन् ।
    नेकपा एमालेले जिल्लामै लोकप्रिय व्यक्ति दलबहादुर भट्टराईलाई गाउँ पालिकाको अध्यक्ष पदमा उम्मेदवार बनाएपछि स्थानीय बासिन्दा दलगत स्वार्थ भन्दा माथि उठेर बिकास प्रेमी नेता भट्टराई लाई जिताउने अभियानमा जुटेका हुन् ।
    हुन त नेपालमा धेरै मान्छेले आफुलाई नेता र समाजसेवी भन्न रुचाउँछन् । राजनिती लाई मागि खाने भाँडो बनाएर भरपुर फाइदा लिनेहरु धेरै छन् । व्यक्तिगत स्वार्थमा लिप्त हुनेहरूले पनि पटकपटक आफुलाई त्यागी र ईमान्दार भन्ने गरेको पाईन्छ । समाजमा सिन्को सम्म नभाच्ने र लाभको निम्ति मरिहत्ते गर्ने मान्छे हरुले पनि आफुलाई ठुलो समाजसेवी देखाउने गर्छन् । दलबहादुर भट्टराई यी सबै कुरा भन्दा फरक व्यक्ति हुन् । उनलाई जसले चिनेको छ उसले आत्मै देखि श्रद्धा र सम्मान गर्ने गर्छ । व्यक्तिगत स्वार्थ ,मान र प्रतिष्ठाको निम्ति मरिहत्ते गर्ने हाम्रो समाजमा उनी अलग्गै पात्रको रुपमा खडा भए र समाजको ज्योति बनेर सबैमा प्रकाश छरे । २०१६ साल जेठ १३ गते मालारानी (७ को सामान्य निम्न मध्यम वर्गीय परिवारमा जन्मिएका भट्टराई वावु सालिगराम भट्टराई र आमा सुमादेवी भट्टराईका एकमात्र छोरा हुन् ।
    २०४१ सालमा अंग्रेजी र अर्थशास्त्र बाट स्नातक गरेका उनले २०४९ सालमा एक बर्षे बि।एड। गरे । २०४२ साल देखि शिक्षण पेसामा संलग्न भई शान्ति मा।बि। धारापानी र सिद्धार्थ मा।बि। हंसपुरमा अंग्रेजी बिषय अध्यापन गर्दै आएका उनले पार्टीको अग्रहमा र जनताको माग अनुसार २०५४ साल बैशाख ( १८ गते माध्यमिक तहको शिक्षक पदबाट राजिनामा गरी तत्कालीन हंसपुर गा।वि।स।को अध्यक्ष पदमा उम्मेदवार बनें । निक्कै चर्चित र मेहनति शिक्षकको रुपमा स्थापित भट्टराईले राजिनामा गर्दा धेरै बिद्यार्थी र अभिभावकले चिन्ता गरें । सिद्धार्थ मा।बि। हंसपुरले बिदायी गर्दा बिद्यार्थी र अभिभावकहरु भावुक बनेर रोएको दृश्य अहिले संझदा पनि मुटु भरिने स्थानीय बासिन्दाको भनाइ छ । भट्टराईले विद्यार्थीहरुलाई पढ्नको लागि प्रेरित गर्नुका साथै गरिब परिवारका पढ्नै नसक्ने बिद्यार्थीको निम्ति आर्थिक सहयोग गरेर भएपनि पढ्न लगाए । उनको प्रेरणाले त्यो बेलाका धेरै विद्यार्थी अहिले उच्च पदमा पुग्न सफल भएका छन् ।
    २०५४ सालको स्थानीय निर्वाचनमा अत्यधिक बहुमतका साथ हंसपुर गा।वि।स।को अध्यक्षमा बिजयी भएका उनले देशकै नमुना अध्यक्ष बनेर ख्याति कमाए । उनमा भएको क्षमता ,दुरदृष्टी, पारदर्शिता ,जनताप्रतिको प्रेम र बिकासको नयाँ मोडेलले उनलाई शिखरमा पुर्यायो । जनताले उनलाई राम्रोसँग चिन्ने अबसर पाए । हुँदा छँदाको जागिर छोडेर अध्यक्ष बनेका भट्टराईले त्यो बेला ठुलो आर्थिक संकट व्यहोर्नु पर्यो तर उनी कहिल्यै बिचल्लीत भएनन् बरु जनसेवामा निरन्तर खटिई रहें । व्यक्तिगत स्वार्थ भन्दा माथि उठेका उनले समाज रुपान्तरण र बिकास लाई पछ्याउँदै अगाडि बढे । २०४५ सालमा हंसपुर र गोखुङ्गाका जनताले बाँगी देखि प्युठानको सिमाना सम्म जनश्रमदानबाट मोटर बाटो निर्माण गरेका थिए । सन्धिखर्क देखि माटे सम्मका खेत धनिहरुले बाटो लैजान नदिंदा करीब १० बर्ष काम रोकियो । भट्टराई सन्धिखर्क(बाँगी(हंसपुर( गोखुङ्गा मोटरबाटो उपभोक्ता समितिको अध्यक्ष वनेपछि मात्रै बाटोको ट्रयाक खोल्ने काम भयो ।
    बाटोको ट्रयाक खोल्दा उनले धेरै दुस्ख कष्ट र जोखिम उठाउनु परेको थियो । मुद्दा ममिला र ज्यान मार्ने धम्की लामो समय सम्म व्यहोर्नु पर्यो । जुन बाटो अहिले व्यबस्थित बन्दै छ ।
    उनले सिद्धार्थ माध्यमिक बिद्यालय हंसपुरको अध्यक्ष ,उच्च माध्यमिक तह संचालन समितिको अध्यक्ष समेत भई २०६४ साल देखि १०ं२ खोल्न सफल भए । त्यो समयमा सिद्धार्थ मा।बि।मा उच्च माध्यमिक तह संचालन गर्नु सामान्य कुरा थिएन विभिन्न व्यक्ति सँग चन्दा उठाएर विद्यालय संचालन गर्नुपरेको थियो । जसको कारण हाल सम्म सयौं विद्यार्थी लाभान्वित भईसकेका छन् ।उनले वैद्यनाथ माध्यमिक विद्यालय बामरुकको अध्यक्ष भई धेरै बर्ष देखि काम गर्दै आएका छन् । माध्यमिक बिद्यालय संचालनमा उनको ठुलो योगदान रहेको स्थानीय बासिन्दाको भनाइ छ ।
    मालारानी(७ मा रहेको प्रसिद्ध धार्मिक स्थल नरसिंहस्थान आफैमा ऐतिहासिक महत्त्व बोकेको ठाउँ भएपनि व्यबस्थित हुन सकेको थिएन । उनले २०७२ सालमा नरसिंहस्थान पर्यटन पुर्वाधार बिकास उपभोक्ता समिति निर्माण गरि अध्यक्ष भएर काम अगाडि बढाए पछि अहिले अर्घाखाँची जिल्लाको राम्रो पर्यटन केन्द्र बनेको छ । बौद्धिक ,सालिन र व्यबहारीक व्यक्तित्व भट्टराईले धेरै संघसंस्थामा बसेर काम गरिसकेका छन् ।अहिले पनि उनी आधा दर्जन बढी संस्थामा जोडिएका छन् । आफु जोडिएको संस्थालाई उत्कृष्ट बनाउने सामर्थ्य राख्ने भट्टराईले त्यसको निम्ति निक्कै मेहनत गर्ने गर्छन् । कुनै पनि कामलाई गम्भीरता पुर्वक लिने भट्टराई जनताको बीच निक्कै लोकप्रिय छन् । दलगत रुपमा जो( जहाँ भएपनि स्थानीय बासिन्दाले दुस्ख सुखमा पहिले संझने विश्वासिलो व्यक्ति भट्टराई नै हुन् ।
    भट्टराई अहिले नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको सदस्य छन् ।उनले पार्टीमा जिल्ला कमिटी सचिव ,जिल्ला सचिवालय सदस्य ,जिल्ला कमिटी सदस्य हुनुका साथै ईलाका कमिटी र गाउँ कमिटीमा बसेर काम गरिसकेका छन् । उनी पार्टीको सातौं र आठौं राष्ट्रिय महादिवेनमा प्रतिनिधि समेत बनिसकेका छन् ।

    देश व्यापी रुपमा नेता र जनप्रतिनिधि माथि प्रश्न उठेको समयमा नेता भट्टराईको मालारानी गाउँ पालिकामा भएको उम्मेदवारीले जनतामा आसाको दीयो बलेको छ । जनप्रतिनिधि शासक होइन जनताको सच्चा प्रतिनिधि बन्न सकुन् भन्ने सदिच्छा पूरा भएको छ । भट्टराईले उम्मेदवारी दर्ता गराए पछि देश विदेशमा रहेका स्थानीय बासिन्दा मतदानको निम्ति घर फर्कने तयारीमा छन् । निर्वाचनको समयमा अकुत रकम खर्चिने र पछि त्यसको सोधभर्ना गर्ने देश व्यापी गलत संस्कारको अन्त्य भएको छ ।
    मालारानीले एक सक्षम ,क्रियासिल,दुरदर्सि र ईमान्दार नेतृत्व पाएको छ । हुन त मतदान हुन अझै केही दिन बाँकी छ । गोप्य मतदान गर्ने अधिकार जनतामा छ तर ढुक्कसँग यो भन्न सकिन्छ भट्टराई जनताको मन मुटुमा बस्न सफल बनेका छन् ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै