• TOKHA LIVE

    • २४ बैशाख २०७९, शनिबार ०७:५३

    साईकलको भरमा एक्लै चुनावी प्रचारमा चन्द्रवीर

    गणेश रावत/टाेखालाइभ डट कम
    कोहलपुर, २३ वैशाख

    साईकलको भरमा एक्लै स्थानीय तहको चुनावी प्रचारमा गएको भन्दा कतिपयलाई अचम्म लाग्न सक्छ । तर बाँकेको बैजनाथ गाउँपालिका नेकपा माक्र्सवादी पुष्पलाल समुहका अध्यक्ष पदका उम्मेद्वार चन्द्रवीर कामी यतिबेला एक्लै चुनावी प्रचार–प्रसारमा व्यस्त छन् । निर्वाचन नजिकिँदै जाँदा बाँकेका राजनीतिक दलहरुले आफ्ना पार्टीका नेता कार्यकर्तासहित घरदैलो अभियान तिव्र पारेका छन् । अब स्थानीय तहको निर्वाचन आउन ६ दिन मात्र बाँकी छ । निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरु झण्डा, व्यानरदेखि पर्चा पम्पलेट, शक्ति प्रदर्शन गर्दै चुनावी माहोलमा होमिएका छन् । यता चन्द्रवीर भने साईकलमा आफ्नो पार्टीको ‘गैंती’ चुनाव चिन्हको झण्डा राखेर एक्लै चुनावी अभियानमा व्यस्त छन् । एक्लै निर्वाचन भिड्ने उनी सकभर पहिलो जनप्रतिनिधि हुन् । नेकपा माक्र्सवादी पुष्पलाल समुहका केन्द्रीय सदस्य समेत रहेका चन्द्रवीरको चर्चा बैजनाथमा उत्तिकै चुलिँदो छ । उनी ‘एक मत गरिबलाई अरु सबै हरिबलाई’ भन्ने नाराका साथ साईकल लिएर प्रचार–प्रसारमा छन् । चुनाव भड्किलो र खर्चिलो नगर्ने भन्दा पनि अरु दलले ठूलो खर्च गरेको उनले बताए । उनले भने, ‘म अहिले जुन साईकलमा हिँडेको छु । जनताले आफ्नो अमुल्य भोट दिएर विजय गराए भने त्यही साईकलमा सम्पूर्ण कार्यकाल निभाउने छु ।’ भ्रष्टाचारीहरुको जरोदेखि निर्मुल गर्ने र कुनैपनि सेवा सुविधा नलिने उनले प्रतिवद्धता व्यक्त गरेका छन् ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै