• TOKHA LIVE

    • २३ बैशाख २०७९, शुक्रबार ०६:३८

    पार्टीको झण्डाले रङ्गियो गाउँघर

    गणेश रावत/ टाेखालाइभ डट कम
    कोहलपुर , २३ वैशाख

    स्थानीय तहको निर्वाचन नजिकिँएसँगै गाउँघरमा यतिबेला पार्टीका झण्डाले रङ्गिएका छन् । गाउँगाउँमा राजनीतिक दलका नेताहरु पुगेका छन् ।

    त्यसमध्ये एक हो बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ७ पेडारी । निर्वाचन आउन ७ दिन मात्रै बाँकी रहँदा बैजनाथमा पनि चुनावी सरमगर्मी बढेको छ । यही ३० गते हुने स्थानीय तहको निर्वाचनमा आफ्नो पाटीलाई विजय गराउन विभिन्न पार्टीका राजनीतिक दलहरुले प्रचार प्रसारलाई तिब्र पारेका छन् । बिहान देखि बेलुका अबेरसम्म घरदैलो अभियान गर्ने गरेका छन् ।

    यता जनताले आफ्नो पार्टीको झण्डा घरको छतमा फरफराएको देख्न सकिन्छ । चुनावको प्रचार–प्रसारका व्यानर, झण्डा बोक्दै घरदैलो अभियान जाने गरेका छन् । बाँकेमा अहिले कांग्रेस, माओवादी, एमाले, समाजवादी, स्वतन्त्र उम्मेद्वारहरु घोषणपत्र लिएर जनतामाझ जाने गरेका छन् ।

    बाइक, अटो, रिक्समा पनि झण्डा फर्फराएका छन् । विभिन्न कलरका रातो, हरियो, सेता झण्डाले गाउँघरमा चुनावको झल्को दिएको छ । अहिले उम्मेद्वारहरुले आफुलाई विजय गराएमा पाँच वर्ष गर्ने काम सुनाउँदै भोट माग्न आउने गरेको स्थानीय सरस्वती उपाध्याय बताउँछिन् ।

    उनी भन्छिन्, ‘अहिले भोट माग्न आउँदा विकास, शिक्षा, स्वास्थ्य, रोजगारी दिन्छौं भन्छन् । तर विजयी भएपछि कता हराउँछन् कता ?,’ अहिले राम्रो सोच, भिजन, योग्य र विकासप्रेमी नेतालाई मत दिने उपाध्याय बताउँछिन् ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै