• TOKHA LIVE

    • २२ बैशाख २०७९, बिहीबार ०८:०३

    बैशाख ३० गते स्थानीय तहको निर्वाचनको लागि तपाई मतदाताको नामावली छ कि छैन यसरी हेर्नुस् ।

    टाेखालाइभ डट कम/ बैशाख २२,२०७९

    काठमाण्डाै : बैशाख ३० गते स्थानीय तहको चुनावमा एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता छन् । आउँदो वैशाख २९ गतेसम्म १८ वर्ष उमेर पूरा भएका मतदाताले स्थानीय तह चुनावमा मत दिन पाउनेछन् । आयोगले मतदाताको नामावली प्रकाशित गरिसकेको छ ।

    फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गरेका र वैशाख २९ गतेसम्म १८ वर्ष पूरा भएकाले आफ्नो नाम यहाँ क्लिक गरेर हेर्न सकिन्छ ।

    यो लिंकमा गएर आफ्नो प्रदेश, जिल्ला, वडा नम्बर र मतदान स्थलको विवरण छानेपछि त्यस क्षेत्रमा भएका सबै मतदाताहरुको विवरण देखिन्छ । त्यहाँ आफ्नो नाम छानेपछि विवरणमा जन्ममिति र नागरिकता नम्बर राखेपछि मतदाता नामावलीमा भएको सबै विवरण यहाँ क्लिक गरेर हेर्न सकिन्छ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै