गणेश रावत/टाेखालाइभ डट कम
कोहलपुर , २० बैशाख
नेकपा माओवादी केन्द्र बैजनाथ गाउँपालिका वडा नम्बर ७ मा मंगलबार बाजागाजाका साथ र्यालिमा जनलहर नै उर्लिएको छ । पाटी कार्यालय बाट शुरु भएको र्यालि पेडारी हुँदै कडेलपुर ,प्रसरामपुर , इ गाउँ , कुकुरपुर हुँदै पेडारी बचत घरमा आएर कोण सभामा परिणत भएको थियो । कार्यक्रमालाई सम्बोधन गर्दै बैजनाथ गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष पदका उम्मेद्धार दिनेश कुमार थारुले यो पटक आफु लाई विजय गराउँन अनुरोध गरे । मंगलबार प्रर्दशन गरेको र्यालिले बैजनाथ वडा नम्बर ७ विजय भएको आकलन गरीएको बताए ।

अव यहीँ ३० गते निर्वाचन पछि विजय घोषण हुन बाँकी रहेको अध्यक्ष पदका उम्मेद्धार थारुले बताए । आफु वडा अध्यक्ष पदमा विजय भएको खण्डमा भ्रष्टाचार मुक्त वडा बनाउने र गलत काम र भ्रष्टाचार नगर्ने कसम समेत खाए । यदी जनताले विश्वास गरेर भोट दिए विजय भएको खण्डमा सरकार बाट आएको तलब भत्ता र सेवा सुविधा नलिएर गरिब जनता लाई सहयोग गर्ने बताए । त्यस्तै बैजनाथ गाउँपालिका गठबन्धन माओवादी बाट अध्यक्ष पदका उम्मेद्धार दिपेन्द्र बहादुर शाह ( युगान्त) भन्नु भयो विजेता भए पछि जनताको लागि हरपल लागि पर्ने त्यसको लागि यो पटक जनताको साथ चाहिँएको बताए । १० वर्ष जनयुद्ध गरेर मृत्यु साँग लढ्दै आज यो गणतन्त्र ल्याउन सफल भएको बताए । उहाँका अनुसार मंगलबारको र्यालिले विजय सुनिश्चित भएको बताए । यहाँ भन्दा अगाडिको सरकारले भष्ट्रचा र अनियमित धेरै गरेको बताए । आफ्नो गठबन्धन टिमलाइ विजय गराए राम्रो कुराको आत्मासाथ गर्ने र नराम्रो कामको खोजतलस गर्ने बताए । अहिले युवा जती रोजगार नपाएर विदेश जान रोक्न युवा रोजगार कार्यक्रम ल्याउँने बताए । शिक्षा ,स्वास्थ ,रोजगार लगायतकोे वातावरण बनाउने बताए । म थोरै बोलेर धेरै काम गरेर देखाउने बताउ । जनताले आत्मासाथ गर्दै भोट दिएर विजेता गराएमा ,कृषि र नदि कटान जग्गामा तट्बन्धन गर्ने गठबन्घन बाट समजावादी पाटीका बैजनाथ गाउँपलिका उपाध्यक्ष पदका उम्मेदार टंकरनाथ योगीले बताए । त्यसैले यो पटक जनतालाई साथ दिन आग्रह गरे । बोल्नु भन्दा काम गरेर देखाउने बताए । पछिल्लो समय थारु भाष सङ्कट्मा परेको उपाध्यक्ष पदका उम्मेदार योगीले बताए । त्यसैले आफ्नो टिमलाई विजय गराए थारू भाषामा पढाउने बतावरण मिलाउने बताए ।

