गणेश रावत/टाेखालाइभ डट कम
कोहलपुर, १९ बैशाख
अहिलेको २१ औं शताब्दीमा पनी जनताहरु जाड,रक्सीमा बिक्दै आएका छन् । देशभर अहिले स्थानीय तहको चुनाव सरगर्मी बढ्दै गइरहेको छ । त्यसको प्रभाव बाँकेमा पनी परेको छ । अहिले बाँकेका सबै राजनीतिक दलहरु घरदैलो अभियानमा जुटेका छन् । आफ्नो घोषणापत्र सार्वजनिक गर्दै आएका छन् । चुनावको प्रचार प्रसार गाउँ देखि सहर बजारमा हुँदै आएको छ । जनताका भनाइ केवल बोलीमा मात्र सिमीत भएको देखिन्छ । अब जनता मासु भात र रक्सीमा बिक्ने होइन । राम्रो व्यक्ति हेरेर भोट हाल्ने बताउँछन् । तर यो अहिले मासु भात र रक्सीमा भोट बिक्री भएको मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चेकिङमा कारबाहीमा परेको तथ्यांकले प्रस्ट पार्छ । यहीँ वैशाख ५ गते देखि १४ गतेसम्मको बाँकेको तथ्यांक हेर्दा मादक पदार्थ सेवन (मापसे) चेकिङमा दुई सय ६७ जना कारबाहीमा परेका छन् । यीमध्ये अधिकांश दिनभरि राजनीतिक दलको चुनावी प्रचारप्रसारमा गएका हुन् । प्राप्त तथ्यांकानुसार चुनावी सगरर्मी बढ्दै जाँदा मापसे गरेर सवारी साधन चलाउँनेको संख्या पनि बढ्दै छ । उनीहरुले साँझको समयमा मापसे गरेरै सवारी साधन चलाउने गर्दा सडक दुर्घटना बढ्न सक्ने जोखिम बढाएको छ । मादक पदार्थ सेवन गरेकाहरुले ट्राफिक नियम उल्लंघन गर्ने क्रम बढेकाले जिल्लामा चेकिङमा समेत कडाई गरीएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख हिमालय शाहले बताए । जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्यांकानुसार साउनमा जम्मा ३ तीनजना मादक पदार्थ सेवन गरेर सवारी साधन चलाएका व्यक्ति कारबाहीमा परेको शाहले बताए । साउनदेखि फागुन महिनासम्म आइपुग्दा मापसे कारबाहीमा पर्नेको संख्या ५१ जना पुगेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका अनुसार चैत महिनामा कुल ५३ जना मापसे कारबाहीमा परेको तथ्यांक छ । तर, वैशाख ५ गतेदेखि १४ गते साँझसम्मको तथ्यांक हेर्दा मापसे कारबाहीमा पर्नेको संख्या एक्कासी बढेर दुई सय ६७ जना पुगेको छ । साउनदेखि वैशाख १४ गते साँझसम्मको कारबाही संख्या जम्मा तीन सय ८० जना परेका छन् ।

