• TOKHA LIVE

    • १९ बैशाख २०७९, सोमबार २१:१०

    बाँकेका राजनीतिक दलहरु घरदैलो अभियानमा व्यस्त

    टाेखालाइभ डट कम
    गणेश रावत/कोहलपुर, १८ बैशाख
    बाँकेका राजनीतिक दलहरु घरदैलो अभियानमा व्यस्त भएका छन् ।स्थानीय  तहको निर्वाचन आउन १३ दिन मात्र बाँकी रहेको छ । देश यती खेर स्थानीय तहको निर्वाचनमा होमिएको छ । निर्वाचन नजिकिदै गर्दा बाँकेका राजनीतिक दलहरु गाउँ पस्न थालेका छन् । गाउँ ,टोल , सहर, बजार गल्ली गल्लीमा निर्वाचनको चर्चा निकै बढेको छ । ठुलो दलको रुपमा रहेका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र , नेकपा एमाले लगायतका नेता कार्यकर्ता घरघरमा जान लागेका छन् । आफ्नो पार्टीलाई विजेता हासिल गर्न लागी परेको देखिन्छ । विषेश गरेर अहिले घरदैलो अभियानमा ब्यस्त  छन् । आफ्नो घोषण पत्र घर घरमा सुनाउँदै र गुनासा सुन्ने गरेको नेकपा माओवादी केन्द्र बैजनाथ गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष पदका उम्मेद्धार दिनेश कुमार थारुले बताए । उहाँका अनुसार , समाज र जनताको सेवा गर्ने उदेश्यले लागि परेको बताए । आइतबार पार्टी  कार्यालय देखि घरदैलो अभियान शुरु गरेको अध्यक्ष पदका उम्मेद्धार थारुले बताए । त्यस्तै बाँकेमा रहेका अरु दलहरुले पनी जेष्ट नागरिक बाट आर्शिवाद लिदै घरदैलो अभियान तिब्र पारेका छन् । आफ्नो घोषण पत्र सुनाउँदै आ–आफ्नो माहाेल बनाउन व्यस्त छन् । २०७४ सालको निर्वाचन भन्दा २०७९ को धरै फरक देखिन्छ । यो पटक देश भर युवाहरुको आकर्षक बढेको छ । सबै राजनीतिक दलमा प्राय: युवा नेताहरु सक्रिय रहेका छन । अहिले हाम्रो नभएर राम्रो लाई भोट हाल्ने स्थानीय बताउँछन् ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै