• TOKHA LIVE

    • १८ बैशाख २०७९, आईतवार ०९:२५

    देशभर इन्टरनेट बन्द हुनसक्ने चेतावनी

    टाेखालाइभ डट कम/
    बैशाख १७, २०७९
    काठमाडौं । इन्टरनेट सेवा प्रदायकहरुले नेपालमा अर्को सातादेखि देशभर इन्टरनेट सेवा बन्द हुनसक्ने चेतावनी दिएका छन् ।

    इन्टरनेट सेवा प्रदायक संघ नेपाल ( आइस्पान)ले शनिबार बिज्ञप्ति जारी गर्दै चुनावका बेला इन्टरनेट सेवा अवरुद्ध हुन सक्ने चेतावनी दिएका हुन् ।

    इन्टरनेट सेवा प्रदायक संघ नेपाल ( आइस्पान)ले
    निकालेको बिज्ञप्तिमा ‘सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले टाटा, एयरटेल, सिफ्फीलगायत अपस्ट्रिम प्राेभाइडर कम्पनीलाई भुक्तानीका लागि विदेशी मुद्रा सिफारिस गर्न पूर्णरुपमा बन्द गरेकाले ती कम्पनीलाई विगत ६ महिनादेखि भुक्तानी गर्न नसक्दा आगामी हप्तादेखि देशभर इन्टरनेट बन्द हुने स्थिति आएको आईस्पानकाे भनाइ छ ।

    विज्ञप्तिमा अगाडि भनिएकाे छ, ‘उक्त निर्णयलाई पालना नगरी मन्त्रालयले बेरुजुकै विषयलाई लिएर अनेकन् बहानामा विदेशी मुद्रा सिफारिस रोकेर निजी क्षेत्रका इन्टरनेट सेवा नै बन्द गर्नतर्फ आकर्षित भएको छ ।’

    लामो समय देखि भुक्तानी रोकिएकाले आगामी सातादेखि इन्टरनेट सेवा रोक्नुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्ने बिज्ञप्तिमा उल्लेख छ।आईस्पानको हालै बसेको कार्यकारी समितिको बैठकले वैशाख १९ गते मनाउन लागिएकाे आईसीटी डे बहिष्कार गर्ने निर्णय समेत गरेको छ ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै