टाेखालाइभ डट कम
कोहलपुर , १७ बैशाख,२०७९
कोहलपुर नगरपालिकाबाट मेयरको लागि स्वतन्त्र उम्मेदवार उठेका देवानन्द अर्याललाई चुनाव चिन्ह लौरो पाएका छन् । अटेरी अभियान चलाइरहेका अर्याल लाई निर्वाचन आयोगले शनिबार चुनाव चिन्ह लौरो दिएको हो । जति बालेन शाहको चर्चा काठमाडौैंमा छ त्यतिकै चर्चा कोहलपुरमा अर्यालको छ । उनले आज चुनाव चिन्ह पाए लगतै लौरोमा छाप लगाएर विजय गराउन आग्रह गरे । उनले झन्डै दुई महिने घरदैलो अभियान गरेको बताए । उनले जब उम्मेद्धारी घोषण गरे त्यस पश्चात केही समयमै जनताको भावना र आवश्यकता बुझ्न घर देलो अभियान सञ्चालन गर्ने अवसर मिलेको बताए । उहाँका अनुसार सबै भन्दा धेरै ठुलो समस्या बेरोजारी भएको देखे । कोहीँ देश छोड्न बाध्य भएका छन् । घरखर्च चलाउँन हम्मे हम्मे हुने गरेको स्थानीयले सुनाएको बताए । शिक्षा र स्वास्थ्य अहिलेको मुख्य समस्या भएको देखे । घर दैलो अभियानमा जादा धेरै जिज्ञासा र गुनासा गरेको बताए । म घर दैलो गर्दै गर्दा अहिलेको २१ औं सताब्दिमा पनी छोरी लाई घरमा बसालेको बताए । मुस्लीम समुदायमा छोरीहरु लाई ५ कक्षा देखि ७ कक्षा भन्दा बढी नपढाएको बताए । उनले घरमा बसेका छोरी हरुलाई प्रश्न सोधे । नानी तिमिलाई पढ्ने मन छैन ? नानीले आँशु झादै भनिन मलाइ नर्स बन्ने मन छ भनीन । अर्यालले भाबुक हुदै अबको चुनावमा मलाई भोट दिनुहोस् । पढ्ने वातावरण बनाउँने प्रतिवद्ध गरे । म यी विजय भए भने सरकारी तलव नलिने बताए । त्यो रकमले विद्यालयमा खर्चीने बताए । समाजमा धेरै समस्या छन् । त्यो समस्या समाधान गर्ने बताए । समाजमा दश पन्ध्र दिन जनतालाई अल्झाएर भोट माग्ने परम्परा भएको बताए ।

