टाेखालाइभ डट कम/ बैशाख १४,२०७९
काठमाडौं / यहि वैशाख ७ गतेदेखि १२ गतेसम्म काठमाडौंको भृकुटी मण्डपमा आयोजित २७ औं can infotech २०२२ सम्पन्न भएको छ । इन्फोटेकमा सहभागी विभिन्न कम्पनीहरुले आइसिटी एक्सेसरिज र अन्य विभिन्न स्थलमा विशेष छुट ल्याएका थिए। प्राय स्टलले छुट तथा अफरलाई आगामी १-२ महिनासम्म कायम राख्ने जनाएको क्यान महासंघले बताएको छ। क्यानको यो संस्करणमा करिब सवा २ लाख अवलोकन कर्ताहरुको सहभागिता रहेको महासंघको भनाइ छ। इन्फोटेकको प्रमुख प्रायोजन आइएमइ पेले गरेको थियो।

