जय न्यौपाने / टाेखालाइभ डट कम
बैशाख ९,काठमाडौं /नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशाेसिएसनको अध्यक्षमा कुमुद खनाल बिजयी भएका छन् ।
नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशाेसिएसनले कुमुद खनालको अध्यक्षतामा अधिकॉश खनालकै प्यानलको नयाँ नेतृत्व चयन गरेको छ । बुधबार भएको निर्वाचन सहित एघारौं साधारणसभाले कुमुद खनाललाई अध्यक्षमा निर्वाचित गरेकोे हाे ।राजधानीकाे बसुन्धरामा भएको साधारणसभाकाे उद्घघाटन नेपाली काँग्रेसका महामन्त्री बिश्व प्रकाश शर्माले गरेका थिए ।
निर्नाचनको मत परिणाम अनुसार वरिष्ठ उपाध्यक्षमा भगिरथ राई( रमेश), द्वितीय उपाध्यक्षमा विनाेद जंग केसी, तृतीय उपाध्यक्षमा दीपक थापा, महासचिवमा कमल काफ्ले, सचिवमा लक्ष्मण पौडेल, सह-सचिवमा हर्क लिम्बू, काेषाध्यक्षमा कैलाश कार्की र सह- काेषाध्यक्षमा जफरूद्विन मियाँ विजयी भएका छन् । यस्तै कार्यसमितिका सदस्यहरूमा कैलाश पाठक, पंकज कुमार मिश्रा, प्रदीप थापा, मदन पुरी, यम कुमार क्षेत्री केसी, रविन मेगाले मगर, राम बहादुर लामा तामाङ, सुनिता कर्माचार्य, सुनिता श्रेष्ठ र हिरा बुढाथोकी निर्वाचित भएका छन् ।
एसोसिएसनको विधान अनुसार अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र दुई उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष र सदस्यहरु सहित २३ सदस्यीय रहने कार्यसमितिमा १९ जनाको निर्वाचन भएको हो भने ४ जना कार्यसमिति सदस्यको निर्वाचित अध्यक्षले मनोनयन गर्ने व्यवस्था रहेको छ ।
नवनिर्वाचित अध्यक्ष खनालले आफ्नो उम्मेदवारी परिवर्तनको लागि रहेकोे भन्दै नेपाल लाेकतान्त्रिक वैदेशिक राेजगार व्यवसायी एशाेसिएसनलाई पूर्ण प्रजातान्त्रिक मान्यतामा सञ्चालन गरी नेपाल वैदेशिक राेजगार व्यवसायी संघलाई व्यवसायीकाे हितमा कामगर्न दवाव दिने बताए । उचित नेतृत्व नहुँदा निसास्सिएकाे, कुनै निकास नभएको जस्तो व्यवसायीलाई लागेकाे भन्दै उनले आफ्नो नेतृत्वमा स्वतस्फूर्त रूपमा प्यानल बनेको बताएका थिए । एशाेसिएसन नेपाली काँग्रेसको शुभेत्क्षुक संस्थाको हैसियतमा रहेको छ ।
साधारणसभामा सदस्यता नवीकरण गराएका ३ सय २६ मध्ये २ सय ६७ जनाले मतदानमा भाग लिएका छन् । खसेको २ सय ६७ मतमा विजयी खनाललाई १ सय ४९ र निकटतम प्रतिश्पर्धी तारानाथ अर्यालले १ सय ६ मत पाए ।खनाल नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्व प्रथम उपाध्यक्ष समेत हुन् ।
नयाँ कार्यसमितिको कार्यकाल दुई वर्षका लागि हुने व्यवस्था छ। २०६३ सालमा स्थापना भएको एसोसिएसनको संस्थापक अध्यक्ष तिलकबहादुर रानाभाट पछि क्रमशः यम बहादुर केसी, किरणकिशोर घिमिरे, बिमल ढकाल, प्रज्ञान न्यौपाने र विष्णुप्रसाद गैरे सबै कार्यसमिति निर्विरोध रुपमा निवाचित भएका थिए । सहमति हुन नसकेपछि हंशराज वाग्ले ,नरेन्द्र प्रसाद ढकाल र खनाल निर्वाचनको माध्यमबाट अध्यक्ष चयन भएका हुन् ।

