टाेखालाइभ डट कम / चैत्र २६,२०७८
काठमाडौं /”सम्पूर्ण युवाहरु एउटै जोश जागर र उत्साह बोकि खेलकुदलाई उच्च उठाऔं ।” भन्ने मर्म बोकेर
२०३७ साल टाेखामा स्थापना भएको बालप्रेमि खेलकूद मण्डलले खेलकुदमा महत्त्वपूर्ण योगदान दिएका छन् ।
बालप्रेमि खेलकूद मण्डल टोखाले आयोजना गरेको नयाँ वर्ष २०७९ लक्ष्यित शुभकामना आदानप्रदान कार्यक्रमका अवसरमा बालप्रेमि खेलकूद मण्डलका अध्यक्ष तथा समाजसेवि रमेश डंगोलले टोखा शिवपूरी खानेपानी व्यवस्थापन समितिले निर्माण गर्न लागेको टोखा शिवपूरी खानेपानी रिजर्भ्वायर ट्याङ्कि निर्माणका लागि रु. २५ लाख सहयोग गर्नुभएको छ।
टोखा शिवपूरी खानेपानी व्यवस्थापन समितिलका अध्यक्ष मदनलाल श्रेष्ठलाई कार्यक्रमका प्रमुख अतिथि भुतपुर्व उपप्रधानमन्त्री, रक्षा मन्त्री एवं नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले समाजसेवी रमेश डंगोलद्वारा सहयोग गरिएको रु २५ लाखको चेक हस्तान्तरण गर्नुभएको छ।

भुतपुर्व उपप्रधानमन्त्री, रक्षा मन्त्री एवं नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले कार्यक्रमको उद्घाटनका क्रममा आफू पनि टाेखा बासी भएको नाताले टाेखामा हुने हरेक विकास निर्माणका कार्यहरुले आफ्नो मन छुने गरेको बताउदै-” टाेखा हिजो कस्तो थियोे आज कस्तो बन्यो ?, टाेखामा आएर अरु कसैले टाेखा बनाउदैन , कोहि नै आएर बनाइ देला भन्ने आश पनि गर्नु हुन्न। टाेखा बनाउन यहाँको माटाे,हावापानी कला संस्कृतिसंग नाता गास्न जानुपर्छ। त्यसले हाम्रो टाेखा राम्रो बनाउने काम यहाँकै दाजुभाइले हो , टाेखा राम्रो बनाउन यहाँका राजनितीक दलहरुमा एकापसमा सुमधुर सम्बन्ध कायम हुन जरुरी छ।” भन्नुभयो ।
टोखा शिवपूरी खानेपानी व्यवस्थापन समितिलका अध्यक्ष मदनलाल श्रेष्ठले -” बालप्रेमि खेलकूद मण्डल, टोखाका अध्यक्ष, समाजसेवी श्री रमेश डंगोलज्यूले शूभकामना आदानप्रदान कार्यक्रममा आफ्नो व्यक्तिगत तर्फबाट टोखाको सांस्कृतिक तथा खेलकूद क्षेत्रमा सक्रिय रहि योगदान गरिरहनुभएका विभिन्न व्यक्तित्व खलपुचहरुलाई आर्थिक सहयोग सहित सम्मान गर्ने क्रममा टोखा शिवपूरी खानेपानी व्यवस्थापन समितिलाई खानेपानीको रिजर्भ्वायर ट्याङ्कि निर्माण कार्यका लागि रु २५लाख रुपैयाँ सहयोग गर्नुभएकोमा अत्यन्तै सह्रानिय सामाजिक कार्यको लागि नतमस्तक भै भित्रि मनदेखि धन्यवाद तथा उच्च सम्मान व्यक्त गर्न चाहन्छु भन्नुभयो । साथै उहाँले यस उदाहरणीय कार्यको सदा उच्च मूल्याङ्कन हुनेछ भन्दै यहाँको सहयोगलाई यस समितिले पूर्ण सदुपयोग गर्ने प्रतिबद्धता सहित यसैसाथ गर्दै यहाँको सामाजिक जिवन उज्जवल भविस्यको लागि मेरो व्यक्तगत तथा समितिको तर्फबाट शुभकामना व्यक्त गर्दछौं । ” – भन्नुभयो ।
बालप्रेमि खेलकूद मण्डलको आयोजनामा टाेखा ३ स्थित टाेखा सरस्वती मन्दिर परिसरमा आयोजित कार्यक्रममा
बिस्का: जात्रा,नयाँ वर्ष २०७९ को शुभकामना आदानप्रदान कार्यक्रममा टाेखा संस्कृति संरक्षित क्षेत्र टोखाको कला, संस्कृति, मौलिक बाजागाजाको संरक्षण तथा त्यसको संरक्षणका लागि अहोरात्र खतिएकाहरुको सम्मानार्थ
समाज सेवि रमेश डंगोलद्वारा बर्सेनि प्रदान गरिदै आइरहेको ऐतिहासिक टाेखामा योगदान पुर्याउने जिवित देवि गणेश कुमारी , चतुर्मास भजन गर्ने ५ दापा खल: १ भजन खल: सहित टाेखाका २४ वटा विभिन्न साँस्कृतिक खलः पुचःलाई कार्यक्रमका बिशिस्ट अतिथि नगरप्रमुख प्रकाश अधिकारीको हातबाट रकम हस्तान्तरण गर्नुभएको थियोे ।
बालप्रेमि खेलकूद मण्डलका अध्यक्ष, समाजसेवी श्री रमेश डंगोलले कार्यक्रममा डंगोलले बाजे बराजुले गर्दै आएको सांस्कृतिक बाजागाजा बजाउँदै मुस्किल रुपले हृदयदेखि नै यो मेरो हो भन्दै भावना बोकि अभिप्रेरित भै सांस्कृतिक योगदान दिने अग्रजहरुलाई सधै ब्यक्तिगत र राजनीतिक स्वार्थ नहेरी निस्वार्थ भावनाले निरन्तर आफुले भ्याए सम्म सधै सहयोग गरिरहने बताउनुभयो।
कार्यक्रममा बालप्रेमि खेलकूद मण्डलका संस्थापक उपाध्यक्ष तथा सल्लाहकार बाबुलाल डंगोलले बालप्रेमि खेलकूद मण्डलले स्थापना भएको ४१ वर्षमा खेलकुदमा उल्लेखनीय महत्त्वपूर्ण योगदान पुर्याइरहेकोमा क्लबमा निरन्तर लगाव राखेर खटिरहने सिङ्गो टिमलाई शुभकामना व्यक्त गर्दै टोखा नगरपालिकाले ऐतिहासिक सम्पदा क्षेत्र टाेखा नगरपालिका वडा नम्बर २ र ३ वडा लाई समेटेर टोखा सांस्कृतिक संरक्षित क्षेत्र घोषणा गरेकोले आज नेवार समुदायको लागि एउटा अत्यन्त गौरवको विषय बनेर चर्चा हुँदै गइरहेको धारणा राख्नुभयो।
कार्यक्रममा बिशिस्ट अतिथि टाेखा नगरपालिका उप प्रमुख ज्ञानमाया डंगोलले टाेखा नगरपालिकाले विभिन्न परियोजना निर्माण गरेर सिंगो टोखा नगरपालिकाको लागि पूर्वाधारको विकास नै किन नहोस् संस्कृति संरक्षण क्षेत्र लाई सम्बन्धन र प्रवर्द्धन गर्नका लागि किन नहोस् आफ्नो टोखा नगरपालिकाको गक्ष अनुसार त्यसलाई अघि बढाउनुपर्छ भन्ने उद्देश्यका साथ नगरपालिका अगाडि बढिरहेको बताइन् ।
कार्यक्रममा बिशिस्ट अतिथि श्री सरस्वती उच्च माध्यमिक विद्यालय टाेखाका प्रधानाध्यापक अर्जुन श्रेष्ठले विद्यालयले भौतिक रूपमा आधुनिक विभिन्न टेक्नोलोजी प्रयोग गरेर गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको बताउदै नेपाल ६५ जिल्लाकै विद्यार्थी अत्ने विद्यालयलमा स्थानीय विद्यार्थी निक्कै कम उपस्थिति रहेको गुनासो पोख्नुभयो।

कार्यक्रममा बिशिस्ट अतिथि टाेखा नगरप्रमुख प्रकाश अधिकारीले” परियोजना निर्माण गरेर सिंगो टोखा नगरपालिकाको लागि पूर्वाधारको विकासको साथ साथै संस्कृति संरक्षण क्षेत्रलाई सम्बन्धन र प्रवर्द्धन गरेर टोखा नगरपालिकाले चाहेको बिकास अनुसार त्यसलाई अघि बढाउनुपर्छ भन्ने उद्देश्यका साथ हामी अगाडि बढ्दै आयौ आज मलाई लाग्छ टोखा नगरपालिकामा केही हदसम्म भएपनि त्यो अमुर्त रुप लिएको छ त्यो अमुर्त रुप लिएको कारणले गर्दा आज टाेखानगरपलिकाको चर्चा हुने गरेको बताउनुभयो । यो महसुस गर्न को लागि यो सिंगो टाेखा नगरवासी आम दाजुभाइ दिदीबहिनीको सहयोग छ आज म यो ऐतिहासिक घडीमा म सम्पूर्ण टाेखा नगरवासी प्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु भन्नुभयो। साथै यो ऐतिहासिक नगरी टोखाको मौलिक पहिचान कला संस्कृति सिंगो टोखा नगरपालिकाको सम्पति भएकाले त्यसलाई जीवन्तता तुल्याइ राख्नका लागि दिनरात अहोरात्र खति आफ्नो जीवनसमेत त्यसैमा समर्पित गरेका व्यक्तित्वहरुको सम्मान तथा हैसला प्रदान गर्न टोखा नगरपालिका सदैव अघि बढन तयार छु।” भन्नुभयो ।
कार्यक्रममा बालप्रेमि खेलकूद मण्डलले खेलकुद क्षेत्रमा योगदान पुर्याउने फुटबलमा रामकाजी श्रेष्ठ , बडिबिल्डीङ्मा सुपेन डंगोल , सुरेन डंगोल , करातेका रामकुमार महर्जन , नृत्यनिर्देशक समीर डंगोल , व्यवस्थापक सुरेन्द्र महर्जन लगायत खेलकूद मण्डल आर्थिक सहयोग प्रदान गरि सहयोग पुर्याउनुहुने विभिन्न व्यक्तिलाई कदर पत्र सहित सम्मानित गरिएको थियो । त्यस्तै बालप्रेमि खेलकूद मण्डलले टाेखाको सान माइक्रोबाइलोजीमा विद्यावारिधी गरि टाेखाको नाम राख्न सफल टाेखा कै युवा दिपेन्द्र श्रेष्ठलाई कदर पत्र सहित सम्मानित गरिएको थियो ।
त्यस्तै आरआर कलेजमा २०७८ मा स्नातकोत्तर तह सम्म मातृभाषा नेपाल भाषा अध्यापन गराउन सफल प्रशान्त डंगोललाई कदर पत्र सहित सम्मानित गरिएको थियो
बालप्रेमि खेलकूद मण्डलका उपाध्यक्ष राम डंगोलले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रममा बालप्रेमि खेलकूद मण्डलका अध्यक्ष रमेश डंगोलको सभापतित्वमा सम्पन्न भएको थियोे। भने कार्यक्रममा बालप्रेमि खेलकूद मण्डलका सचिव जयकुमार श्रेष्ठले कार्यक्रम संचालन गर्नुभएको थियो।
कार्यक्रममा बालप्रेमि खेलकूद मण्डलका सल्लाहकारहरु राधेश्याम श्रेष्ठ , अष्ट नारायण डंगोल ,सानुलाल श्रेष्ठ ,मनिराज डंगोल , अतिथी रामकृष्ण श्रेष्ठ ,बालप्रेमि खेलकूद मण्डलका भुतपुर्व अध्यक्ष सुर्यमान डंगोल , टाेखा वडा १० का अध्यक्ष मधुसूदन पाण्डे लगायत टाेखाका विभिन्न खलपुच:हरु , जनप्रतिनिधिहरु र संस्कृति प्रेमिहरु खेलप्रेमिहरुको उपस्थिति रहेको थियोे ।

