• TOKHA LIVE

    • २१ चैत्र २०७८, सोमबार ०७:३४

    उपन्यास ‘फरैना’को प्रचारमा सन्ताेष श्रेष्ठले ल्याए ‘हिमाल झुक्न सक्छ’

    टाेखालाइभ डट कम/ चैत्र २१,२०७८

    काठमाडाैं : गीतसंगीतमा क्रियाशिल लोकप्रिय संगीतकार सन्तोष श्रेष्ठले उपन्यास ‘फरैना’को प्रचारमा गीत ‘हिमाल झुक्न सक्छ’ सार्वजनिक गरेका छन् ।

    उनले बजारमा आउन लागेकाे उपन्यास ‘फरैना’को प्रचार प्रसार गर्ने उद्देश्यले गीत ‘हिमाल झुक्न सक्छ’ सार्वजनिक गरेका हुन्।

    सन्तोष श्रेष्ठकै शब्द, संगीत र स्वरमा आएको उक्त गीतको संगीत संयोजन राजु कार्कीले गरेका छन् । गीतमा सहगायन दिपा तामाङ र सुष्मा लिम्बू रहेकी छिन् ।

    गीतको भिडियो निर्देशन हेम प्रभास अधिकारीले गरेका छन् । राज पोखरेलको छायाँकन रहेको यस भिडियोको सम्पादन टेकेन्द्र शाहले गरेका हुन् ।

    लोकप्रिय संगीतकार सन्तोष श्रेष्ठको एकल संगीतमा ५० भन्दा बढी एकल एल्बम बजारमा आइसकेका छन् ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै