• TOKHA LIVE

    • २० चैत्र २०७८, आईतवार ०५:२५

    फाेटाे पत्रकार रत्नकृष्ण श्रेष्ठको भक्तपुरकाे ऐतिहासिक जात्रा बिस्का सम्बन्धि एकल फाेटाे प्रदर्शनी हुने

    टाेखालाइभ डट कम/ चैत्र २०,२०७८

    भक्तपुर : राष्ट्रिय समाचार समितिका फाेटाे पत्रकार रत्नकृष्ण श्रेष्ठको भक्तपुरको ऐतिहासिक प्रसिद्ध जात्रा बिस्का सम्बन्धि एकल फाेटाे प्रदर्शनी हुने भएका छन् ।

    काठमाडौंकाे भृकुटीमण्डपस्थित नेपाल पर्यटन बाेर्डमा मध्यपुर थिमी नगरपालिकाकाे सहयाेगमा यहि चैत २२ देखि २४ गते सम्म ३ दिन भक्तपुरको प्रसिद्ध जात्रा बिस्का सम्बन्धि एकल फाेटाे प्रदर्शनी हुने भएकाे हाे ।

    भक्तपुरका प्रसिद्ध जात्रा बिस्कालाई भक्तपुरबासी र मध्यपुर थिमीबासीले फरक फरक शैलीमा जात्रा मनाउने गरिन्छ । फाेटाे पत्रकार श्रेष्ठले खिचेका ७० तश्विरमा मध्यपुर थिमीका स्थानीय बासिन्दाले मनाउने गरिएकाे बिस्का जात्रा सम्बन्धि फाेटाे प्रदर्शनी हुनेछ ।

    पत्रकार श्रेष्ठका अनुसार विभिन्न जात्राहरू अहिले अाएर लाेप भएका पनि छन् । त्यस्ता जात्रा संस्कृतिहरू लाेप हुन नदिनका लागि उनले शनिबार पत्रकार सम्मेलन गरी जात्रामा खिचिएका ७० वटा फाेटाे प्रदर्शनीमा राखिने जनाइएको हाे ।

    भक्तपुरको बिस्का जात्रा मध्य मध्यपुर थिमीमा मनाइने सिन्दुर जात्रा र जिब्रो छेड्ने जात्रा प्रमुख मानिन्छ ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै