• TOKHA LIVE

    • १६ चैत्र २०७८, बुधबार १८:०९

    देशभरका नेवारहरूकाे साझा संस्था नेवाः देय् दबूकाे ७ औं महाधिवेशनमा बज्राचार्य बिजयी

    नबिना श्रेष्ठ/ टाेखालाइभ डट कम
    काठमाडौं ,चैत १६,

    देशभरका नेवारहरूकाे साझा संस्था नेवाः देय् दबूकाे ७ औं महाधिवेशनमा अध्यक्ष पदमा पवित्र बज्राचार्य बिजयी भएका छन्। बज्राचार्यलाई बधाई तथा शुभकामना दिनेहरुको संख्या ओईरो लागेको छ। सुनसरीकाे धरानमा चैत १४ र १५ गते सम्पन्न भएको महाधिवेशनमा अध्यक्षका प्रतिस्पर्धी माइला बाबु द्याेलालाई पछाडि पारेर ३१३ मतसहित बज्राचार्य देय् दबूकाे नयाँ नेतृत्वमा बहाल हुनुभएका छन्। कार्यसमितिमा निर्वाचित सम्पूर्ण टिमलाई सफल कार्यकालकाे लागि शुभकामना दिने कमि छैनन्।

    नेवाः समुदायको राष्ट्रिय संगठन नेवाः देय् दबू धरानमै सम्पन्न दबूको सातौं महाधिवेशनले बज्राचार्यलाई भारी मतका साथ अध्यक्ष चुनेकाे हाे ।

    बुधबार विहान मात्र सम्पन्न भएको मतगणनामा बज्राचार्य ३१३ मत पाई अध्यक्षमा निर्वाचित भएका थिए। उहाँका निकटतम प्रतिद्वन्दी माइलाबाबु द्यःलाले ६७ मत मात्र प्राप्त गरेका थिए।

    नवनिर्वाचित अध्यक्ष बज्राचार्यले पूर्व प्रतिवद्धता अनुसार दबूलाई सहि अर्थमा नेवाःहरुको राष्ट्रिय संगठन बनाउने तथा योजनाहरुलाई अगाडी बढाउने बताए ।

    ‘मैले देशभरिका नेवाःहरुलाई नेवाः लिपिको साथसाथै नेपालभाषामा बोल्ने, पढ्ने, लेख्ने क्षमताको विकास गराउने, नेवाः संस्कार, संस्कृति र सम्पदाको संरक्षण गर्ने लगायतका प्रतिवद्धता गरेको थिएँ । सोही अनुसार सबैलाई साथमा लिएर अघि बढ्छु’ बज्राचार्यले बताए।
    देय् दबूको आफ्नै भवन नभएको अवस्थामा आफ्नै भवन स्थापना गर्न पनि योजना बनाएर अघि बढ्ने बज्राचार्यको जानकारी दिनुभयो।

    देय् दबूको महाधिवेशनले वरिष्ठ उपाध्यक्षमा चन्द्रलाल राजभण्डारीलाई चुनेको थियो। भने महिला उपाध्यक्षमा रश्मिला प्रजापति चुनिएकि छन् । उपत्यका विशेष प्रदेशबाट उमेश स्थापित उपाध्यक्षमा चुनिएका थिए।

    महासचिवमा सत्यनारायण डंगोल र सचिव पदमा मचाबाबु महर्जन निर्विरोध निर्वाचित भएका थिए। कोषाध्यक्षको जिम्मेवारीमा निरन्जन रत्न शाक्य बिजयी भएका छन् ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै