टाेखालाइभ डट कम/ चैत्र १६,२०७८
काठमाडाैं : कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको सांगीतिक काेशेली ‘रुप अनेक’ सार्वजनिक भएको छ ।
नेपाली उपन्यासहरूको नामबाट बनाइएका उक्त गीत १५० भन्दा धेरै भेषभूषा परिवर्तन गरि बनाइएकाे गीत ‘रुप अनेक’ सार्वजनिक हाे ।
सागर अधिकारीको स्वर र सङ्गीत रहेको उक्त गीतमा देवेन्द्र नेवाःको एरेञ्ज र सन्तोष पौडेलको मिक्सिङ रहेको छ । गीत नेपालमा प्रकाशित भएका विभिन्न उपन्यासको नामबाट बनाइएको छ ।
माइकल चन्दको निर्देशन रहेको गीतको भिडियोमा उपाध्याय आफै र प्रतिमा विष्ट फिचरिङ रहेका छन् । उत्सव दाहालको छायाँकन रहेको भिडियोमा शिलन लम्सालको सम्पादन रहेको छ ।
गीतसङ्गीत तथा साहित्य सिर्जनाबाट डा. उपाध्यायले थुप्रै विश्व रेकर्ड कायम गरेका छन् । अनाैठा अनाैठा कार्य गर्न रुचाउने गीतकार उपाध्यायले यस अघि पनि थुप्रै कीर्तिमानी एल्बम तथा गीत ल्याइसकेका छन् ।
यसअघि गीत सङ्गीत र विभिन्न विधामा विश्व रकेर्डसहित ८० वटा रेकर्ड कायम गरिसकेका छन् । कीर्तिमानी उपाध्यायले यही चैत १८ गते शुक्रबार थप विश्व कीर्तिमान र आठ गीति एल्बम सार्वजनिक गर्ने बताएका छन् ।

