टाेखालाइभ डट कम/ चैत्र १६,२०७८
सिन्धुपाल्चाेक : विभिन्न लायन्स क्लवले सिन्धुपाल्चाेकका एक विद्यालयलाई शैक्षिक सामग्री प्रदान गरेका छन् ।
लायन्स क्लव अफ काठमाडाैं फेलाेसिप र लायन्स क्लव अफ भक्तपुर दरवारस्क्वायर काे सहयाेगमा सिन्धुपाल्चाेककाे इन्द्रावती गाउँपालिका वडा नं १ मा रहेकाे नवकन्या वेसिक स्कुललाई शैक्षिक सामग्री तथा स्कुल ब्याग बितरण गरेका छन् ।
लायन्स क्लव अफ काठमाडाैं फेलाेसिपका प्राेगाम डाइरेक्टर राजेश हिमालय, युवराज गिरी, गणेशबहादुर राणा, हरिगाेपाल कक्षपतीलगाएतले उक्त सामग्री विद्यालय र विद्यार्थीलाई हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा समाजसेवी तथा इन्द्रावती गाउँपालिका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष विजेश हिमालय, मेनुका कटुवाल, माेनिका कायष्ठलगाएतका उपस्थित रहेका थिए ।

