• TOKHA LIVE

    • १४ चैत्र २०७८, सोमबार १८:१९

    च्याउ खेती र प्रविधिको विकासलागी नास्ट र मसरुम सीडबीच सम्झाैता

    टाेखालाइभ डट कम/ चैत्र १४,२०७८

    काठमाडौं : नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र मसरुम सीड नेपाल तथा रिसर्च सेन्टर प्रालीबीच प्रविधिको विकासका लागी सम्झौता भएको छ ।

    सोमबार एक समाराेह बीच नेपालमा च्याउ खेती प्रविधिको विकासकालागी नास्टका विज्ञान संकायका प्रमुख डा कान्ति श्रेष्ठ र मसरुम सीड नेपालका निर्देशक आकाश बादेबीच दुइपक्षबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

    सम्झौता अनुसार बहूमूल्य रैथाने जंगली च्याउहरुको मूल्य अभिवृद्धिकरण, खेती प्रविधि विकास गर्ने र अन्य प्रमुख आयातित च्याउहरुको ठाउँ सुहाउँदो सरल तथा उन्नत खेती प्रविधिको विकास गरी च्याउ उत्पादकहरुमा हस्तान्तरण गरिनेछ । समग्र राष्ट्रिय च्याउ उद्योगीहरुलाई उपयोगी हुने अनुसन्धान तथा विकासका कार्यलाई सयुक्तरुपमा अघि बढाउन सहमत भई सहकार्य हुनेछ ।

    उक्त सम्झौता एक वर्षसम्म कायम उल्लेख छ । यस अवधिमा च्याउसम्बन्धी तालिम, गोष्ठी, मेला लगायत अन्य जनचेतानमुलक गतिविधिहरु सञ्चालन गरिनेछ । त्यस्तै, च्याउसम्बन्धी प्राविधिक अनुसन्धानहरुमा नेतृत्वदायी भूमिका खेलिने समेत सम्झौता पत्रमा जनाईएको छ ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै