टाेखालाइभ डट कम/ चैत्र ९,काठमाडौं :
कीर्तिमानी डा. डीआर उपाध्यायले पचास वटा भाषाकाे एउटै गीति एल्बम “मन माेहिनी” सार्वजनिक गरेका छन् ।
कीर्तिमानी गीतकार उपाध्यायले विभिन्न ५० देशको भाषा रहेको आधुनिक गीति एल्बम ‘मन मोहिनी’ सार्वजनिक गर्दै एक कार्यक्रमकाबीच प्रमुख अतिथि विश्व भाषा क्याम्पसका प्राध्यापक रमेश श्रेष्ठ, संगीतकार सूर्य दयालु, सन्तोष श्रेष्ठ, सागर अधिकारी ‘शरद’लगायतले एल्बमको विमोचन गरेका हुन्।
गीत विश्वका पचास भाषा नेपाली, हिन्दी, जापानी, चिनिया, अङ्ग्रेजी, रुसी, कोरियाली, फ्रान्सेली, स्पेनी, इटालियन, जर्मन, थाई, मौरिसियन, उर्दु, स्वेडिस, क्रोसियन, हिब्रु, पोर्तुगाली, बंगाली, संस्कृत, स्टोनियन, भियतनामी, डच, सिंहाली, स्लोभेनियन, इन्डोनेसियन, रुमानी, फिनिस, पेरुभियन, टर्किस, ग्रिक, फिलिपिनो, अल्बानियन, युक्रेनियन, अफ्रिकी, स्लोभाकिया, सर्बियाली, पानामियन, नर्वेजियन, आइसल्यण्डीक, बर्मेली, कोल्म्बीयन, कुर्डिस, स्वाहिली, पोलिस, बोलिभियन, हङ्गेरियन, डेनिस, लात्भियन र आर्मेनियन रहेको छ ।
आधुनिक गीति एल्बम ‘मन मोहिनीमा कीर्तिमानी उपाध्यायले हिन्दीमा स्वर दिएका छन् भने संगीतकार सन्तोष श्रेष्ठले नेपाली भाषामा र अन्यमा प्रकाश तिमल्सिनाकाे स्वर रहेको छ । गीतमा सन्तोष श्रेष्ठकाे संगीत रहेकाे छ ।
यस्तै प्रमुख अतिथि तथा विश्वभाषा क्याम्पसका प्राध्यापक रमेश श्रेष्ठले भाषागत रुपमा गीतमा रहेको भाषाको स्वर र संगीत राम्रो रहेको टिप्पणी गरे ।
संगीतकार सन्तोष श्रेष्ठले यसअघि विभिन्न १२ देशका भाषामा गीत सार्वजनिक गरेका थिए यस्तै उनले गीत संगीत र विभिन्न विधामा गिनिजबुक रेकर्डसहित ८० विश्व रेकर्ड कायम गरेका उपाध्यायले यही चैत १८ गते थप विश्व कीर्तिमान र आठ गीति एल्बम सार्वजनिक गर्ने जनाएकाे छ ।
समारोहमा सञ्चारकर्मीहरू र गीत संगीतका विभिन्न व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

