• TOKHA LIVE

    • २ चैत्र २०७८, बुधबार १५:४३

    नेवा: राजनीतिक अभियान काठमाडौं महानगरकाे प्रथम सम्मेलन सम्पन्न

    नविना श्रेष्ठ
    टाेखालाइभ डट कम/ चैत २,२०७८

    काठमाडौं /नेवाः राजनीतिक अभियान, काठमाडौं महानगर समितिको शनिबार सम्पन्न प्रथम सम्मेलन जगत सुन्दर ब्वनेकुथि लखतीर्थमा सम्पन्न भएको छ ।

    नेवाः राजनीतिक अभियानको प्रथम महानगर समितिबाट नयाँ कार्यसमितिको अध्यक्षमा बाबुराजा प्रजापति चयन भएका थिए। उक्त समितिमा उपाध्यक्ष कल्पना श्रेष्ठ र रमिता बज्राचार्य, सचिव रितेश मल्ल, सह सचिव साधना डंगोल, कोषाध्यक्ष सत्यनारायण मुनिकार भएकाे छ। सुमन मानन्धर, शान्ता प्रजापति, गोपालदास श्रेष्ठ, नहकुल श्रेष्ठ, कपिलमुनि बज्राचार्य, सचिन शाक्य र बबिता ताम्राकार कार्यकारी सदस्य तथा जितेन्द्र महर्जन, आलोक, पुर्ण महर्जन, सदस्यहरू भएका छन् ।

    नेवाः राजनीतिक अभियानका अध्यक्ष श्रीकृष्ण मानन्धरले ‘नेवाः हक तथा अधिकार प्राप्तिका लागि महानगर समितिको कार्यसमितिको गठन गरेको र नेवा: समुदायको भाषा, कला संस्कृतिको लोप हुँदै गएकोमा नयाँ बैचारिक, राजनीतिक, सांस्कृतिक आर्थिक, स्थिति मजबुट गर्नुपर्ने धारणा राखी नवनिर्वाचित टोलीलाई बधाई दिएका थिए ।

    कार्यक्रममा नेवाः राजनीतिक अभियानका अभिभावक तथा संरक्षक डा. महेशमान श्रेष्ठ, अभिभावक कमिटीका विष्णु चित्रकार र मदनसेन बज्राचार्य कोषाध्यक्ष संयोजक खगेन्द्र जोशीको उपस्थिति रहेका थिए। स्वागत मन्तव्य नेवाः राजनीतिक अभियानका उपाध्यक्ष प्रेमराज शिल्पकारले राख्नु भएकाे थियो । कार्यक्रमका सञ्चालिक तथा नेवाः राजनीतिक अभियानका सचिव विद्या चित्रकारले कार्यक्रम संचालन गरेकाे हाे।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै