• TOKHA LIVE

      TOKHA LIVE

    • २९ फाल्गुन २०७८, आईतवार २०:४०

    प्रकाश सपूतलाई धम्की दिने माओवादी नेता-कार्यकर्तालाई युथ फोर्सको चेतावनी

    टाेखालाइभ डट कम/ फागुन २९,२०७८

    काठमाडौं । चर्चित लोक गायक प्रकाश सपूतले भर्खरै सार्वजनिक गरेको ‘पिर’ नामक नयाँ म्युजिक भिडियोलाई लिएर माओवादी नेता-कार्यकर्ता आक्रोशित भएका छन् । गितको मुख्य भिडियोमा गायक प्रकाश स्वयं र  नायिका सुरक्षा पन्त मुख्य भुमिकामा छिन्। जनयुद्ध झल्काउने म्युजिक भिडियो निर्माण गरेकै आधारमा गायक प्रकाश सपूतलाई धम्की दिने नेकपा (माओवादी केन्द्र)का नेता-कार्यकर्तालाई राष्ट्रिय युवा संघ नेपालको युथ फोर्स विभागले एक विज्ञप्ति मार्फत चेतावनी दिएका छन् ।

    गीतकै विषयमा लोक गायक सपूतविरुद्ध धम्कीपूर्ण भाषा प्रयोग भएपछि आइतबार युथ फोर्सका प्रमुख पुष्पराज श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै धम्कि दिनेलाई चेतावनी दिएका हुन् ।

    ‘देशको गहनाका रुपमा उदयमान प्रकाश सपूतजस्तो प्रतिभाविरुद्ध भइरहेका धम्कीपूर्ण भाषाको प्रतिकार गर्न युथ फोर्स नेपाल हरदम तयार छ’, विज्ञप्तिमा भनिएको छ,’यदि कानुन सम्बत भएको रचनालाई कसैले धम्की दिई रोक्न खोजिन्छ र राजनीतिक नाममा अराजनीतिक गतिविधि गर्न खोजिन्छ भने यसको प्रतिकार गर्ने मुलुकमा युथ फोर्स नेपाल रहेको अवगत गराउँदै यस्ता धम्कीपूर्ण कार्य रोक्न सुझाव दिन चाहन्छौँ ।’

    युथ फोर्सले गीतको विषयमा माओवादी नेता-कार्यकर्ता संकेत गर्दै ‘चोरको खुट्टा काट भन्दा चोरले खुट्टा तानेको’ प्रष्ट पारेको छ । कलाकारले कलाकारिताको माध्यमबाट यथार्थ चित्रण हुनेगरी मनोरंजन दिने अभिप्रायले सिर्जना गरेको हुने र कलाकारले देखाएको प्रतिभालाई रोक्ने अधिकार कसैमा नहुने समेत विज्ञप्तिमा उल्लेख गरिएको छ।

     

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै