टाेखालाइभ डट कम/ फागुन २९,२०७८
काठमाडौं । लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ बि १ काठमाडौं स्काई राराद्धारा शनिबार रक्तदान कार्यक्रम आयोजना गरिएको छ।

स्काई पार्टी प्यालेस सामाखुसीचोकमा उक्त रक्तदान कार्यक्रम ‘रक्तदान जीवन दान’ भन्ने मुल नारा साथ Loins Club Of Kathmandu Sky, Lions Club Of Kathmandu Sky Rara र Lions Club Of Kathmandu Victory को संयुक्त आयोजना बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

Leo Club Of Kathmandu Sahayatri र Sadikhsa Overseas को विशेष सहयोगमा सम्पन्न रक्तदान कार्यक्रम १०३ पाउण्ड रगत संकलन भएको क्लब अध्यक्ष दिपक थापाले जानकारी दिए । काेराेनाका कारण रगतकाे चरम अभाव भएको बेला आयोजना भएको उक्त कार्यक्रम रक्तदान गर्ने सम्पूर्ण सहभागी र सहयोगीहरुलाई धन्यवाद दिदै क्लबका अध्यक्ष थापाले आगामी दिनमा पनि सामाजिक कार्यमा उत्तरदायी रहदै विभिन्न कार्यक्रम गर्ने क्लबको नीति रहेको जानकारी दिए।

