• TOKHA LIVE

    • २२ फाल्गुन २०७८, आईतवार १७:५६

    नेकपा एमाले कपिलवस्तु – काठमाडौं सम्पर्क मन्चको अध्यक्षमा डासुराम घिमिरे

    टाेखालाइभ डट कम/ फागुन २२,२०७८

    काठमाडौं /नेकपा एमाले कपिलवस्तु काठमाडौंको सम्पर्क मंच सम्मेलनले डासुराम घिमिरेको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

    हिजो सम्पन्न अधिवेशनले घिमिरेको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो। कार्यसमितिको उपाध्यक्षमा अनिल भुसाल र सचिवमा खेमराज आचार्य चयन भएका छन् । त्यस्तै सह–सचिवमा शालिकराम पौडेल र महिला सह- सचिवमा विन्दु शर्मा भने कोषाध्यक्षमा सन्तोष न्याैपाने चयन भएका छन् र सदस्यहरूमा हरि ज्ञवाली ,देवीराम पन्थी ,देवकी पोख्रेल, भावना घर्ती मगर ,डम्बर देव अधिकारी , शिवराम पौडेल अनुष्का भुसाल (शान्ता ) मार्शल आचार्य ,एलिसा भुसाल,देवेन्द्र चौधरी,दिनेश जयसवाल,राजन भुसाल,जीवन पौडेल,सन्जिव पाण्डेलगायत सदस्यहरू चयन भएकाे अध्यक्ष घिमिरेले बताए।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै