• TOKHA LIVE

    • २२ फाल्गुन २०७८, आईतवार १०:५०

    प्रेस चौतारी नेपालको एशोसिएट प्रदेशको अध्यक्षमा श्रीहरी थापा सर्वसम्मत चयन

    काठमाडौं – प्रेस चौतारी नेपालको एशोसिएट प्रदेशको अध्यक्षमा श्रीहरी थापा सर्वसम्मत चयन भएका छन् ।

    काठमाडौंमा सम्पन्न प्रेस चौतारी नेपालको एशोसिएट प्रदेशको पहिलो अधिवेशनबाट थापालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । शनिबार अर्पण ब्यांक्वेटमा सम्पन्न  चौेतारीको एशोसिएट प्रदेशको ४९ सदस्यीय कमिटी समेत सर्वसम्मत चयन गरिएको हो।

    यस्तै एशोसिएट प्रदेशका उपाध्यक्षमा श्याम सुन्दर पुडासैनी र सुरक्षा भट्टराई, महासचिवमा रघुनाथ सापकोटा, सचिवमा मनोज न्यौपाने र विक्रम सुनार र कोषाध्यक्षमा पुजा ढकाल पवित्रा चयन भएका छन् ।

    प्रेस चौतारी नेपाल एशोसिएट प्रदेशले विधागत १४ शाखाहरुमा पनि नेतृत्व चयन गरेको छ । चलचित्र पत्रकारमा अध्यक्ष मनिश अञ्जान दाहाल, नेपाल पत्रकार मञ्चमा अध्यक्ष सरस्वती गौतम, पर्यटन पत्रकारमा अध्यक्ष नवराज भण्डारी, अनलाईन टिभी पत्रकारमा संयोजक पवल फुयाँल, पत्रकारिता विकास समाजमा संयोजक सुप्रिया मुडभरी, खेलकुद पत्रकारमा संयोजक सुजन श्रेष्ठ, आर्थिक पत्रकारमा संयोजक सुजन ढुंगाना, शिक्षा पत्रकारमा संयोजक भोला तिमल्सिना, वातावरण पत्रकारमा संयोजक बिगेन तुलाधार, फोटो पत्रकारमा संयोजक सालिकराम तिवारी, अनलाईन पत्रकारमा संयोजक प्रवेश सुवेदी, समिक्षक समाजमा संयोजक विष्णु शर्मा र स्वास्थ्य पत्रकारमा संयोजक बिन्दु अधिकारी चयन भएका छन् ।

    नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङबाट उद्घाटन भएको अधिवेशनल प्रेस चौतारी नेपालको चार वटा प्रदेशको संयुक्त अधिवेशन हो । एशोसिएटसहित बागमती, उपत्यका र प्रतिष्ठान प्रदेशले पनि नयाँ नेतृत्व चयन गर्दै अधिवेशन सम्पन्न गरेको छ ।

    प्रमूख अतिथि नेम्वाङले पत्रकारहरुले सत्यतथ्य समाचारलाई बढवा दिनुपर्ने बताएका छन् । एमाले पार्टीविरुद्धमा अन्य गठबन्धनका नाममा दलहरुले घेराबन्दी गरिरहँदा पत्रकारहरुले एकतर्फी समाचार मात्रै सम्प्रेषण गरेको भन्दै त्यस्तो पत्रकारिताले समाजलाई गलत सूचना दिने हुँदा प्रेस चौतारीका पत्रकारहरुले त्यसो नगर्न उनले सुझाव दिएका छन् ।

    कार्यक्रममा प्रेस चौतारी बागमतीका ईन्चार्ज एंव केन्दी्रय उप महासचिव हिरामान लामा, उपत्यका ईन्चाज प्रकाश सिलवाल, एशोसिएट ईन्चार्ज रामेश्वर कार्की र प्रतिष्ठान ईन्चार्ज हरि बल्लभ नेपालले प्रदेशको तर्फबाट धारणा राखेका थिए ।

    यस्तै एशोसिएट प्रदेशका अध्यक्ष समिर बलामीले संचालन गरेको कार्यक्रममा उपत्यकाका अध्यक्ष हेमराज सिलवालले अध्यक्षता, बागमतीका अध्यक्ष सरद सापकोटाले स्वागत र प्रतिष्ठानका अध्यक्ष मोहन बाँस्तोलाले धन्यवाद ज्ञापन मन्तव्य राखेका थिए ।

    कार्यक्रममा एमाले बागमतीका अध्यक्ष केशव पाण्डे, एमाले काठमाडौंका अध्यक्ष दीपक निरौला, प्रचार विभागका सदस्य उजिर मगर, प्रेस चौतारी नेपालका पूर्व अध्यक्ष गगन विष्ट, पूर्व महासचिव प्रमोद दहाल, प्रेस चौतारीका पदाधिकारीहरु माधव नेपाल, गणेश पाण्डे, टीका विष्ट, सईन्द्र राई, राजेश राईलगायतको उपस्थिती रहेको थियो ।

    यस्तै बागमती प्रदेशको अध्यक्षमा सरद सापकोटा दोहोरिएका छन् भने उपत्यका प्रदेशमा अध्यक्ष विष्णु आचार्य र प्रतिष्ठान प्रदेशमा अध्यक्ष सरोज ढुंगेल चयन भएका छन् ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै