• TOKHA LIVE

    • २० फाल्गुन २०७८, शुक्रबार २०:२६

    पल शाहमाथिको अनुसन्धानमा अवरोध नगर्न मानव अधिकार आयोगको आग्रह

    टाेखालाइभ/फाल्गुन २०,२०७८

    काठमाडौं / अभिनेता पल शाहमाथि लागेको बलात्कारको आरोपबारे संयमित भएर अनुसन्धान प्रक्रियामा सहयोग गर्न
    राष्ट्रिय मानव अधिकार आयोगले आग्रह गरेको छ ।

    तनहुँ प्रहरीले अनुसन्धान गरिरहेको अवस्थामा शाहमाथि बलात्कारको आरोपमा विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालहरूमा आरोपका पक्ष र विपक्षमा भइरहेका प्रचारबाजी, प्रदर्शन तथा सार्वजनिक अभिव्यक्तिप्रति आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    ‘गम्भीर प्रकृतिको अपराधको अनुसन्धान फौजदारी न्यायको सिद्धान्तअनुसार गोप्य, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा हुनुपर्दछ। यस सम्बन्धमा आयोगले विभिन्न माध्यमबाट अनुगमन तथा सूचना संकलन गरिरहेको छ ।
    आयोगले शुक्रबार जारी गरेको विज्ञप्तीमा भनिएको छ।

    अधिकारप्राप्त निकायबाट अनुसन्धान प्रक्रिया चलिरहँदा आरोपका पक्ष र विपक्षमा प्रदर्शन गर्ने, अभिव्यक्ति दिने र प्रचारबाजी गर्नाले आरोपित र पीडित दुवै पक्षको गोपनीयता र मर्यादामा आँच पुग्नुका साथै अनुसन्धान प्रक्रियासमेत प्रभावित हुने सम्भावना रहने आयोगका सहप्रवक्ता लोकनाथ बास्तोलाद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै