नविना श्रेष्ठ
टाेखालाइभ डट कम/फागुन १५,२०७८
काठमाडौको दशरथ रंगशालामा शनिबार मछिन्द्र फुटबल क्लबले बिभागिय एपिएफ क्लबको अन्तिम खेलमा जित निकाल्दै लिग सुखदमय बनाएको छ।
लिगको ११ औ चरणमा सातदोबाटो युथ क्लबलाई १-० ले पराजित गरे संगै दुई खेल अगावै लिगको उपाथी रक्षा गरेको मछिन्द्रले १३ खेलमा ३५ अंक जोड्दै लिगको अन्त्य गरेको हो।
दुई खेल अगावै लिग च्याम्पियन बनेको मछिन्द्रले शनिबारको खेलमा एपीएफलाई २-१ गोलले हराएको हो।
एपीएफसंग अन्तिम खेलमा पहिलो हाफमा मछिन्द्र फुटबल क्लबका कप्तान अभिषेक गुरुङले खेलको ४२ औ मिनेटमा पहिलो गोल गर्दै अग्रता लिएको थियो । दोस्रो हाफमा एपीएफका प्रदीप लामाले खेलको ६९ औ मिनेटमा गोल गर्दै मछिन्द्र संग बराबरी गरेका थिए। खेलको दोस्रो हाफको ८१ औ मिनेटमा दोस्रो हाफमा मैदान प्रवेश गरेका रेजिन सुब्बाले गोल गर्दै मछिन्द्रलाई २-१ को जित निकालेका हुन् ।

सहिद स्मारक’ ए’ डिभिजन २०७८ लिग विजेता मछिन्द्र फुटबल क्लबले उपाधिसंगै ७५ लाख नगद प्राप्त गरेको छ।
बिभागिय टाेली त्रिभुवन आर्मी क्लब सहिद स्मारक ए डिभिजन लिगको उप बिजेता बनेको छ। न्युरोड तिम एनआरटि तेस्रो भएको थियो । बिजेताखेलाडीहरुलाई प्रमुख अतिथि माननीय अर्थ मन्त्री जनार्दन शर्मा, ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा लगायतले त्रफी , मेडल प्रदान गरेका थिए ।
कतार एयरवेजको मुख्य प्रायोजन रहेको सहिद स्मारक ए डिभिजन लिगको बिजेता मछिन्द्र ले ७५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ।यसैगरि उपबिजेता त्रिभुवन आर्मी क्लबले ५० लाख र तेस्रो हुने एनआरटिले २५ लाख प्राप्त गरेका हुन् ।
यस वर्ष १४ टोलि सम्मीलित सहिद स्मारक ए डिभिजन लिगमा पुछारमा रहेका च्यासल क्लब र बिग्रेड ब्याइज रेलिगेसनमा परेर ‘बि’ डिभिजनमा घटुवा भएका छन् ।
प्रतियोगितामा मछिन्द्र क्लबका फरवार्ड सुनिल बल सर्वोत्कृष्ट खेलाडी चुनिएका थिए ।फ्रेन्डस क्लबका जमौल एन्थोनी सर्वाधिक गोल कर्ता,मछिन्द्रका विशाल श्रेष्ठ उत्कृष्ट गोल रक्षक ,आर्मिका दिनेश हेम्जेन इमर्जिङ प्लेयर र सातदोबाटो युथ क्लबले फेयर प्लेको पुरस्कार प्राप्त गरेका थिए ।

दशरथ रंगशालाको मैदानमा भएको खेलमा मछिन्द्र फुटबल क्लबले उपाधिसंगै शिल्ड र नगद पुरस्कार प्राप्त गरे पछि बाजा बजाएर क्लबका सबै पदाधिकारीहरु र मछिन्द्र क्लबसंगै मछिन्द्र स्काउट क्यूका रोभर रेन्जरहरु पनि बधाई दिन मैदानमा उत्रिएका थिए। रंगशालाबाट आएका मछिन्द्र फुटबल क्लबका खेलाडीहरुलाई जनबाहल चोकमा स्वागत गरेको थियो। सगुन दिइ मछिन्द्र क्लबका पदाधिकारी तथा मछिन्द्र फुटबल क्लबका शुभचिन्तकहरुलाई भोजको आयोजना गरिएको थियो।


