• TOKHA LIVE

      TOKHA LIVE

    • १४ फाल्गुन २०७८, शनिबार ०८:२२

    मस्तिष्कको क्षति सुधार्न ब्रोकाउली

    टोखा लाइभ । २०७८ फागुन १४ गते ।

    एजेंसी । वैज्ञानिकहरूले लामो समयसम्म मस्तिष्कको पुनर्जन्म वा पुन सक्रिय गराउन सम्भव छैन भन्ने विश्वास गरे । तर ब्रोकाउली र यस्तै थुँगा लाग्ने तरकारी (काउली, गोबी, बन्दाको समूह) हरूमा एक यौगिक तत्व हुन्छ जसले उल्लेखनीय उपलब्धि हाँसिल गर्न सक्षम हुनसक्छ भन्ने प्रमाणहरू दिएका छन् ।

    यो नयाँ प्रमाणले वास्तवमा मस्तिष्कलाई पुन: सक्रिय गराउन सम्भव देखिएको छ । वैज्ञानिकहरु यस प्रक्रियालाई मद्दत गर्नको लागि कुनै तरिका खोज्न चाहन्थे । विशेष गरी स्नायुहरुलाई सक्रिय पार्ने एजेन्ट वा माध्यमका रुपमा सल्फोराफेन तत्व ब्रोकोलीमा देखापर्यो । त्यो बायोमोलेक्युल भन्ने तत्वका रुपमा देखापर्‍यो जुन ब्रोकाउली जस्तै क्रूसिफेरस (बन्दा, काउलीको वर्ग) तरकारीहरुमा पाइन्छ । सल्फोराफेनले स्नायुसित संवन्धित रोग र मस्तिष्कको क्षतिबाट पीडितहरूको लागि नयाँ आशा प्रदान गरेको छ ।

    जेनेसिस जर्नलमा प्रकाशित भएको एक अध्ययनका अनुसार सल्फोराफेनमा महत्त्वपूर्ण चिकित्सीय गुणहरू हुन सक्छन् जसले सामान्य स्नायुसंवन्धि रोगहरू भएका व्यक्तिमा देखापर्ने रोगको निदानमा हुने गडबडीहरूसँग लड्न सक्छ । यसमा सूजन (सुन्निने, फैलिने), स्नायु गडबडीका कारण मृत्यु, बढ्दो तनाव, दुख र शारिरिक कमरोजीपन वा दूर्लभता समावेश छ । यी कारकहरूलाई कम गर्नको अतिरिक्त सल्फोराफेनले स्नायु कोषका गतिविधिलाई सक्रिय गर्न सक्छन् भन्ने अध्ययनका लेखकहरूले विश्वास गरेका छन् ।

    अध्ययनमा अन्वेषकहरूले सल्फोराफेनको निकट एकाग्रता निर्धारण गर्न सक्षम भए जुन स्नायुका भागलाई अक्षुण्ण राख्दा स्टीम सेलको विकासलाई बढावा दिन प्रयोग गर्न सकिन्छ। तिनीहरूले सल्फोराफेनमा ‘न्यूरल स्टेम सेल’ भनिने कोषहरूलाई खुला गरिदिंदा तिनीहरूको स्नायुहरुमा भिन्नता हुन सक्छ भन्नेपनि फेला पारे । त्यसले उनीहरूको परिकल्पनालाई समर्थन गर्दछ । र सल्फोराफेनले वास्तवमा मस्तिष्क मर्मतलाई उत्तेजित वा सक्रिय गर्न सक्छ ।

    सल्फोराफेनबाट मस्तिष्क मात्र होइन शरिरको अन्य अंगलेपनि फाइदा लिन सक्छ । यो यौगिक लगभग २०० अन्य स्वास्थ्य अवस्थाहरूको उपचारमा पनि उपयोगी देखाइएको छ । उदाहरणको लागी यसले हृदय स्वास्थ्य सुधार गर्छ । पाचन प्रक्रियालाई सहयोग गर्छ । यसले क्यान्सर बिरुद्द काम गर्नुको साथ मधुमेह कम गर्न भूमिका खेल्छ । सूर्यको क्षतिबाट पनि बचाउन सक्छ ।

    सल्फोराफेन क्रुसिफेरस तरकारीहरू जस्तै ब्रोकाउली, बन्दा, कलेजी रङको गोबी, र फूलगोबीमा पाइन्छ । ब्रोकाउलीका थुँगा सल्फोराफेनको सबैभन्दा राम्रो स्रोत मध्ये एक मानिन्छ ।

    अन्वेषकहरूका अनुसार काँचो तरकारीहरूमा पकाएकोमा भन्दा यो लाभकारी यौगिकको स्तर उच्च हुन्छ । एक अध्ययनले काँचो ब्रोकाउलीमा पकाएको ब्रोकाउलीको तुलनामा १० गुणा बढी सल्फोराफेन हुने पत्ता लगाएको छ । यदि यसलाई काँचो उपभोग गर्न नसकेमा तिनीहरूको लाभकारी यौगिकहरू सुरक्षित गर्न क्रुसिफेरस तरकारीहरूलाई हल्का रूपमा वफाउनु उत्तम हुन्छ । यदि तपाइँ सल्फोराफेनका फाइदाहरू प्राप्त गर्न चाहनुहुन्छ भने यी तरकारीहरूलाई उमालेर वा माइक्रोवेभमा पकाएर खान सिफारिस गरिँदैन ।

    क्रुसिफेरस तरकारीहरूको फाईदा लिन तिनलाई चिर्नु पर्छ । काटेपछि बल्ल सल्फोराफेन सक्रिय हुन्छ । जब यो बिरुवाको प्रतिरक्षा प्रतिक्रियामा संलग्न भएर एक इन्जाइमको सम्पर्कमा आउँछ तब सल्फोराफेन सक्रिय हुन्छ जसलाई ग्लुकोराफेनिन भनिन्छ जुन बिरुवा क्षतिग्रस्त हुँदा निस्कन्छ ।

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै