• TOKHA LIVE

    • ५ फाल्गुन २०७८, बिहीबार २०:५९

    मछिन्द्रले जित्यो लगातार दोस्रो पटक ’ए’ डिभिजन लिग फुटबलको उपाधि

    टाेखालाइभ/ फागुन ५,२०७८

    काठमाडौं : मछिन्द्र फुटबल क्लबले लगातार दोस्रो पटक सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलको उपाधि जितेको छ।

    दशरथ रंगशालामा बुधबार जारी खेलमा खेलमा सातदोबाटो युथ क्लबलाई १–० गोल अन्तरले हराउँदै तालिकामा शिर्षस्थान हात पार्दै मछिन्द्र दुई खेल अगाबै लिग च्याम्पियन बनेको हो ।मछिन्द्र फुटबल क्लबले यसअघि २०६३ को लिग च्याम्पियन बनेको थियो ।

    मछिन्द्रलाई जित दिलाउन बिदेशी खेलाडी नोर्लान नोभ्रुजोभले खेलको ५३औँ मिनेटमा निर्णायक गोल गरे । उक्त गोल नोर्लान र मछिन्द्रका खेलाडीले चोट बोकेका मिडफिल्डर मनिष डाँगीलाई समर्पण गरेका थिए । मनिष च्यासलविरुद्धको खेलमा सिकिस्त घाइते भएका थिए ।

    मछिन्द्र दोस्रो स्थानको मनाङ मस्र्याङ्दी भन्दा ९ अंकले अघि रहेको छ । मनाङको २० अंक रहेको छ ।
    जितसँगै शीर्ष स्थानको मछिन्द्रले ११ खेलबाट २९ अंक जोडेको छ । ११ खेलमा १५ अंक जोडेको सातदोबाटो छैटौं स्थानमा रहेको छ ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै