• TOKHA LIVE

    • ५ फाल्गुन २०७८, बिहीबार २०:२८

    सरकारले दुई हजार ३ सय विद्यालयहरुमा ‘आईसिटी ल्याब’ स्थापना गर्ने

    टाेखालाइभ/फागुन ५,२०७८

    काठमाडौं । सरकारले दुई हजार ३ सय विद्यालयहरुमा एकैसाथ ‘आईसिटी ल्याब’ स्थापना गर्ने भएको छ ।

    शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक विद्यालयहरुको शैक्षिक सुधारका लागि २३ सय वटा विद्यालयहरुमा आईसिटी ल्याब तत्काल बनाउने निर्णय गरिएको बताएका हुन्। शिक्षा पत्रकार समूहले बिहीबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री पौडेलले ३ वर्षभित्र देशभरका सबै विद्यालयहरुमा सो ल्याब स्थापना गर्ने सरकारको योजना रहेको र सार्वजनिक विद्यालयहरुको भौतिक पूर्वाधारमा कुनै समस्या नहोस् भन्नेमा सरकार सचेत रहेको बताएका थिए।

    सार्वजनिक विद्यालयहरुको शैक्षिक सुधारका लागि सम्बन्धित सबै निकायलाई सचेत भएर काम गर्न मन्त्री पौडेलले निर्देशन दिदै यो प्रक्रिया छिट्टै अघि बढ्ने बिश्वास व्यक्त गर्दै क्रमशः ३ वर्षभित्र देशभरका सबै सार्वजनिक विद्यालयहरुमा त्यसलाई निर्माण गरिने साथै सार्वजनिक शिक्षालाई सुधार गर्नका लागि भौतिक पूर्वाधारको अभाव भएका ठाउँमा व्यवस्था गर्ने कामलाई पनि सरकारले सुरु गरिसकेको  त्यसका लागि सरोकारवाला निकायहरुले सक्दो सहयोग गर्नुपर्ने मन्त्रीको भनाइ थियो ।

     

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै