टाेखालाइभ डट कम/ फागुन ४,२०७८
काठमाडौँ । काठमाडौँको नयाँबानेश्वर क्षेत्रमा अमेरिकी सहयोग परियोजना (एमसीसी) को विरोधमा प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ ।
नेकपासहित पाँच दलीय गठबन्धनले संयुक्तरुपमा प्रदर्शन गरेका हुन् ।
एमसिसी विरुद्धको विरोधमा उपत्यकाको विभिन्न स्थानमा झडप भएको छ । प्रहरी र प्रदर्शनकारीबीच बबरमहल, नयाँ बानेश्वरसहितका क्षेत्रमा झडप हुँदा युद्ध मैदानमा परिणत भएको थियो । उनीहरूले विभिन्न एमसिसी खारेज गर! जस्ता नारा लगाउँदै प्रदर्शन गरेका थिए ।

सरकारले आज संसद्मा एमसीसी अनुमोदनका लागि पेश गर्ने भन्ने सूचनाका आधारमा विभिन्न राजनीतिक दल समर्थित नेता कार्यकर्ता भेला भई प्रदर्शनमा उत्रिएका हुन् । मीनभवनतर्फको प्रवेशद्वारबाट संसद् भवनभित्र पस्न खोज्ने प्रदर्शनकारीलाई प्रहरीले पानीको फोहोरा हानेको थियो ।झडपका कारण बुधबार दिउँसो बबरमहल र बानेश्वरको अवस्था तनावग्रस्त बनेको छ भने विरोध प्रदर्शनका कारण अहिले माइतीघर–तीनकुने सडकखण्डमा यातायात सेवा प्रभावित भएको छ ।
विप्लव नेतृत्वको नेकपासहित पाँच दलीय गठबन्धनले आज एमसीसीको विरुद्धमा देशभर बन्द आह्वान गरेको थियाे ।

