टाेखालाइभ डट कम / फागुन ३,२०७८
काठमाडौं /कन्सोर्टियम नेपालले निवार्चनमा बालबालिकाका विषय ः बालबालिकाकै नेतृत्वमा अभियानको औपचारिक सुरुवात गरेको छ । यस अभियान अन्तर्गत बाल बालिकाको नजरमा निर्वाचन नामक सामाजिल साञ्जाल मार्फतको अभियान एक कार्यक्रम बिच राष्टिय बाल अधिकार परिषद्का कार्यकारि निर्देशक श्री मिलनराज धरेलज्यूले कन्सोर्टियम नेपालको फेसबुकमा फ्लाएर पोष्ट गरि शुभारम्भ गर्नुभयो ।
आसन्न निर्वाचनमा बालबालिकाका सवालहरुलाई मध्यनजर गर्दै यो अभियानको थालनि गरिएको हो ।
यो अभियानमा कन्सोर्टियम नेपालले निर्वाचन र बालबालिका सम्बन्धित रहि सामाजिक सञ्जालमा हरेक हप्ता एक प्रश्न प्रसित गर्नेछ र बालबालिकाले उक्त प्रश्नमा आफ्ना विचार व्यक्त गर्नेछन् । ति विचारहरुलाई संकलन गरि बालबालिकाकै नेतृत्वमा राजनितिक दल र सम्बन्धित निकायहरुमा हस्तान्तरण गरि अन्र्तसंवाद गरिनेछ ।
यो प्रकृयालाई कन्सोर्टियम नेपालले सहजिकरण गर्नेछ । यो अभियान सञ्जालको प्रदेश समिति र सदस्य संस्थाहरु मार्फत सातै प्रदेश र स्थानीय तहहरुमा संचालनमा आउने कुरा सञ्जालका अध्यक्ष माेहन दँगालले जानकारि गराउनुभयाे ।

