• TOKHA LIVE

    • ३ फाल्गुन २०७८, मंगलवार ०९:२८

    टेकु अस्पतालको आयोजनामा दशरथ रंगशालामा अन्तर्राष्ट्रिय कण्डम दिवस मनाइयो

    नविना श्रेष्ठ
    टाेखालाइभ डट कम/फागुन ३,२०७८

    शुक्रराज ट्रपिकल तथा सरुवा रोग टेकु अस्पतालको आयोजनामा आइतबार दशरथ रंगशाला त्रिपुरेश्वरमा महिला तथा पुरुष दौड प्रतियोगिता कार्यक्रम गरी अन्तर्राष्ट्रिय कण्डम दिवस मनाइएको छ।

    विश्व कण्डम दिवसको उपलक्ष्यमा यसवर्ष २०२२ मा स्वास्थ्यको लागी दौड भन्ने नारा सहित यस अस्पतालमा कार्यरत चिकित्सक नर्स तथा स्वास्थ्यकर्मी र अन्य कर्मचारीहरूको बीचमा महिलाले १कि.मि व्यक्तिगत दौड र पुरुष २ किलोमिटर दौड प्रतियोगिता कार्यक्रम गरी अन्तर्राष्ट्रिय कन्डम दिवस बनाइएको हो।

    दशरथ रंगशाला भित्र ८ बजे देखि ९ बजे दौड प्रतियोगिता कार्यक्रम सुरु गरेको थियो। महिलातर्फ दौड प्रतियोगितामा प्रथम महिला बिन कुमारी खत्री, दोस्रो नविना कोइराला, तेस्रो सदिक्क्षा पराजुली बिजय भएको थियो। भने पुरुष तर्फ रविन नेम्वाङ, दोस्रो राम कुबेर, तेस्रो राजिव रोक्का विजयी भएको थियो।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै