टाेखालाइभ डट कम/फाल्गुन १, २०७८
काठमाडौं । प्रेस चौतारी नेपालको आज काठमाडौँमा बसेको सचिवालय बैठकले प्रेस चौतारी नेपालको नवौँ राष्ट्रिय महाधिवेशन यही फागुन २७ र २८ गते पोखरामा गर्ने निर्णय गरेको छ ।प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतको अध्यक्षतामा आज बसेको उक्त बैठकले प्रदेश अधिवेशन यही फागुन २१ गते गर्ने तय गरेको छ ।
यस अघि गत माघ २२ गतेका लागि तोकिएको महाधिवेशन काेरोना महामारीको सङ्क्रमणका कारण रोकिएको थियो ।

