• TOKHA LIVE

    • १ फाल्गुन २०७८, आईतवार १९:५४

    आज विश्व रेडियो दिवस नेपाल लगायत विश्वभर बिभिन्न कार्यक्रम गरि मनाइयो

    नविना श्रेष्ठ
    टाेखालाइभ डट कम/फागुन १,२०७८

    काठमाडौं /आज विश्व रेडियो दिवस नेपाल लगायत
    विश्वभर बिभिन्न कार्यक्रमको आयोजना गरी मनाइयो । आज संसारभरीका गैर सरकारी संस्था, पत्रकार, विश्वविद्यालयहरु र सरकारहरुले पहिलो विश्व रेडियो दिवस मनाइयो। विश्वका सवैभन्दा धेरै मानिसको पहूँचमा पुग्न सफल सरल र भरपर्दो प्रशारण माध्यम रेडियोको विकासको क्षेत्रलाई प्रभाव र प्रगतीलाई सम्मान गर्दै नेपालमा पनि रेडियो दिवस मनाउन थालिएको हो।

    स्पेनको प्रस्तावमा युनेस्कोको ३६ औं सम्मेलनले सन् २०११ नोभेम्बर ३ तारिखमा हरेक वर्षको फेब्रुअरी १३ तारिखलाई रेडियो दिवसका रुपमा मनाउने घोषणा गरेका थिए।
    हरेक वर्ष रेडियो दिवसका अवसरमा विभिन्न कार्यक्रमहरु गर्ने गरिएको रेडियोहरुलाई एउटा माध्यमको रुपमा सम्मान गर्न प्रसारकहरुबीचको अन्तर्राष्ट्रिय समन्वय र सहयोगमा सुधार गर्न ठूला नेटवर्क र समुदायिक रेडियोहरुलाई सूचनाको पहुँचलाई बढावा दिनका लागि प्रेरित गर्ने उद्देश्यले यो दिवस मनाउने गरिएको हो ।

    विश्वमा व्यवसायीक रेडियो प्रशारण सुरु भएको ९४ वर्ष भयो । नेपालमा भने रेडियो प्रशारण सुरु भएको ६३ वर्ष मात्र पुगेको छ। बिक्रम सम्बत २००३ सालमा काठमाडौंमा रेडियोको प्रशारण सुरु भएपनि औपचारिक रुपमा भने २००७ साल मंसिर २८ गतेदेखि प्रजातन्त्र रेडियोका नाममा रेडियो सञ्चालन सुरु भएको थियो।

    २०५२ सालदेखि एफएम प्रशारण सुरु भए संगै अहिले देशका ७४ जिल्लामा एफएम रेडियो स्थापना भएको छ। सूचना तथा सञ्चार मन्त्रालयका अनुसार अहिले इजाजत प्राप्त रेडियो ५ सय १५ र नियमित प्रसारणमा ३ सय ६० वटा रेडियो रहेको छ।भने सञ्चारको सबैभन्दा प्रभावकारी माध्यम मानिएको रेडियोको पहुँच बढ्दै गएपनि लोडसेडिङ, आर्थिक तथा आन्तरिक व्यवस्थापन जस्ता समस्या भने जस्ताको तस्तै छ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै