टाेखालाइभ/माघ २८,२०७८
नेकपा एमाले काठमाण्डौले शनिबार माघ २९ गते भोलि चावहिलमा आकस्मिक रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ।नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ४ को संयोजनमा हुने सो रक्तदान कार्यक्रममा सहभागिताका लागि सम्पूर्ण कमिटी, पार्टी सदस्य ,नेता सहित क्षेत्रवासीलाई आयोजकले आग्रह गरेको छ।
काठमाण्डौ जिल्लाका १० वटै प्रतिनिधि सभा क्षेत्रमा आकस्मिक रक्तदान कार्यक्रम गर्ने निर्णय अनुसार शनिवार चावहिलमा १० बजे देखि २ बजे सम्म उक्त रक्तदान कार्यक्रम हुने आयोजकले बताएका छन् ।
यस अघि नेकपा एमालेको काठमाण्डौ क्षेत्र नं २ , ३ र ५ मा आकस्मिक रक्तदानका कार्यक्रमहरु सफलतापूर्वक सम्पन्न गरिसकेको छ।

