टाेखालाइभ/ माघ २६, २०७८
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले राप्रपाबाट अलग हुने निर्णय पछी थापाद्वारा राप्रपा परित्याग,निर्णयमा पुनर्विचार गर्न आग्रह गरिएको छ।
उहाँले मंगलबार एक विज्ञप्ति जारी गर्दै पार्टीभित्र देखा पर्न थालेको सैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिलाई सुधार गरेर आफ्नो बाँकी क्रियाशील राजनीतिक जीवन पार्टीभित्रै बिताउने र पार्टीमै रमाउने उत्कट चाहना भए पनि आफ्ना कुराको सुनुवाई नहुने भएपछि पार्टीबाट अलग हुने अप्रिय निर्णय लिन बाध्य हुनुपरेको बताउनुभएको छ ।

थापाले राप्रपामा रहँदा आफुले पार्टीका साथी, सहयोगी र शुभचिन्तकहरुबाट प्राप्त सहयोग, सद्भाव र स्नेहप्रति सदैव आभारी रहने भन्दै उहाँले पार्टीमा रहँदा बिताएका क्षणहरुप्रति सदैव गौरव गरिरहने बताउदै राप्रपाका कुनै साथीसँग आफ्नो वैरभाव नरहेको समेत स्पष्ट पार्नुभएको छ ।
त्यस्तै थापाले पार्टीबाट अलग भएको घोषणा गरे लगत्तै बसेको बैठकले निर्णयमा पुनर्विचार गर्न आग्रह गरेको हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पूर्वअध्यक्ष कमल थापालाई पार्टी परित्याग गर्ने निर्णयमा पुनर्विचार गर्न आग्रह गरिएको
जारी विज्ञप्तिमा- “राप्रपाको ऐतिहासिक एकता महाधिवेशनपछि राप्रपाको लोकप्रियतामा वृद्धि तथा राष्ट्रिय शक्तिका रूपमा उदय र विकास भईरहेको समयमा राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाबाट अनपेक्षित तथा अप्रत्यासित रूपमा व्यक्तिगत तवरले पार्टीबाट अलग हुने भनि गरिएको घोषणाप्रति दुःख प्रकट गर्दछौँ । पार्टीबाट अलग हुने उहाँको निर्णयमा पुनर्विचार गर्न राप्रपा अनुरोध गर्दछ ।,” बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ ।

