• TOKHA LIVE

    • २४ माघ २०७८, सोमबार १२:०६

    हट्यो जोरबिजोर प्रणाली , फागुन १ देखि विद्यालय पनि खुल्ने

    टाेखालाइभ/माघ२४,२०७८

    काठमाडौं / कोरोना संक्रमण नियन्त्रणका लागि काठमाडौं उपत्यकामा निजी गाडी, ट्याक्सी र मोटरसाइकलमा लागू गरिएको जोर–बिजोर प्रणाली सोमबारबाट हटेको छ ।

    कोरोना संक्रमितको संख्या बढ्दै गएपछि काठमाडौं उपत्यकामा जोर–बिजोर प्रणाली लागू गरिएको थियो आइतबार बसेको काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले जोर–बिजोर प्रणाली हटाउने निर्णय गरेको हो । तर पछि सार्वजनिक बसमा जोर–बिजोर हटाएर ट्याक्सी, निजी गाडी र मोटरसाइकलमा मात्र कायम राखिएको थियो ।

    यस्तै रात्रिकालीन व्यवसाय डान्स बार, दोहोरी, नाचघर, क्लब, सिनेमा हल, जिमखाना लगायत फागुन १ गतेदेखि राति १० बजेसम्म सञ्चालन गर्न पाइने भएको छ ।

    यस्तै शिक्षण संस्था पनि फागुन १ गतेदेखि खुल्ने भएका छन्
    कोभिड तेस्रो लहरका कारण माघको पहिलो हप्तादेखि विद्यालय बन्द गरेको थियो । पहिलो चरणमा माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय भएको थियो ।१२ वर्षमाथिका बालबालिकाका लागि नियमित कक्षा सञ्चालन गर्ने र १२ वर्षभन्दा कम उमेर समूहका बालबालिकाका लागि आलोपालो दिनमा कक्षा सञ्चालन गर्ने निर्णय भएको छ । त्यसपछि सीसीएमसीसीकै सिफारिसमा माघ मसान्तसम्म विद्यालय बन्द गर्ने निर्णय सरकारले गरेको थियो ।

     

     

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै