• TOKHA LIVE

    • २३ माघ २०७८, आईतवार ०७:१४

    आर्थिक समृद्धि,राष्ट्रिय स्वाभिमानको मुद्दामा पत्रकारले सक्रिय भुमिका खेल्नु:ईश्वर पोखरेल

    टाेखालाइभ डट कम/ माघ २३,२०७८

    काठमाडौँ/ नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेलले पत्रकारले तथ्यमा आधारित रहेर सत्य कुराको पहिचान गर्नु पर्ने बताउदै उनले आर्थिक समृद्धि तथा राष्ट्रिय स्वाभिमानको मुद्दामा पत्रकारले
    दवावमुलक अभियान चलाउन सक्रिय भुमिका खेल्नुपर्ने बताउनुभयो ।

    काठमाडौँको हार्दिक होटेलमा शनिबार सम्पन्न प्रेस चौतारीको २४ औँ स्थापना दिवसको समारोहलाई सम्बोधन गर्दै प्रेस चौतारी नेपाललाई स्पष्ट विचार र योजनाअनुसार अघि बढाउन उनले निर्देश गरेका थिए । राजनीतिक दलले निर्वाचनताका सार्वजनिक गर्ने चुनावी घोषणापत्रको कार्यान्वयन र प्रतिवद्धताबारेमा पत्रकारले कलम चलाउनुपर्ने बताए । उनले राजनीतिक दललाई जिम्मेवार बनाउने कार्यमा पत्रकारले भूमिका खेल्नुपर्ने बताउदै मुलुक निर्वाचनको दिशामा उन्मुख भइसकेकाले त्यसका लागि सबैले सकारात्मक दवाव दिनुपर्ने कुरामा जोड दिनुभयो।पोखरेलले निर्वाचन आयोगले निर्वाचनको मिति घोषणा गर्न आग्रह गर्दा पनि सरकारले घोषणा नगरेको बताए ।

    सरकारले समयमा निर्वाचन मिति घोषणा नगरे एमालेले देशव्यापी शान्तिपूर्ण दवावको कार्यक्रम शुरु गर्ने उनले बताए ।
    स्थानीय निर्वाचन संविधानले तोकेकै समयमा हुनुपर्ने बताए ।

    ‘श्रीमानले बनाएको सरकारका प्रधानमन्त्रीले संविधानमा किटानी गरिएको व्यवस्थालाई उल्लघंन गर्ने धृष्टता गर्दै छन् । कानुनलाई उल्लघंन गर्ने धृष्टता कादापी स्वीकार्य हुने छैन ।’ सरकार बेलैमा नसच्चिए एमालेले आन्दोलन गर्ने नेता पोखरेललेको भनाइ थियो ।

    त्यस्तै, उनले सत्तारुढ पाँच दलीय गठबन्धन विचारको समानता नभएको झुण्ड भएको बताए । ‘यो सरकार र गठबन्धन मुलुकको बिकास र समृद्धिको बिरुद्धमा छ, संबिधानअनुसार गर्नुपर्ने सवै काम नगर्ने सुनियोजित षडयन्त्रमा छ,’ बरिष्ठ उपाध्यक्ष पोखरेलले भने ।

    एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले पत्रकारले धेरैको समाचार लेख्ने भएपनि पत्रकार स्वयम् समस्यामा पर्दा बोलिदिने कोही नहुँदा समस्या हुनेगरेको बताए । प्रेस चौतारी नेपाल व्यवसायिक पत्रकारको नेतृत्वकर्ता संगठन भएकाले यसको काम चुस्त र प्रभावकारी बनाउन उनले सुझाव दिए।

    संगठनका अध्यक्ष गणेश बस्नेतको सभापतित्वमा भएको कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष डा. महेन्द्र विष्ट, महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, प्रेस चौतारी नेपालका पूर्व अध्यक्ष गगन विष्ट, फोनिजका अध्यक्ष डण्ड गुरुङ, नेपाल प्रेस युनियनका कोषाध्यक्ष सरोज अधिकारीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

    प्रेस जगतको संस्थागत विकास गर्ने कार्यक्रमहरू सञ्चालन गर्ने उद्देश्य अनुरुप दुई दशक अघि स्थापना भएको संस्थाले पत्रकार र प्रेससँग सम्बन्धित व्यक्तिहरूका पेसागत हक, हित र सीप प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्ने ।समाजका उपेक्षित, उत्पीडित वर्ग, बालबालिका, महिला, जनजाति, मुस्लिम, अल्पसङ्ख्यक, पिछडिएका क्षेत्र, आर्थिक समृद्धिजस्ता विविध पक्षलगायत मानवअधिकार तथा वातावरणका सम्बन्धमा अनुसन्धान तथा प्रेस सम्बद्ध कार्यक्रमहरू सञ्चालन गर्ने । जनसमुदायका न्यायपूर्ण सङ्घर्षको पक्षमा दृढतापूर्वक संलग्न रहन तथ्यपरक पत्रकारिताको विकासमा सहयोग पु¥याउँदै मानवअधिकार र वाक तथा प्रकाशन स्वतन्त्रताको पूर्णवहालीका निम्ति कार्यरत रहने । राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता, क्षेत्रीय अखण्डता, राष्ट्रिय हित, लोकतान्त्रिक मूल्य–मान्यता, सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्ने पक्षमा सक्रिय, निष्पक्ष र निर्भीक पत्रकारितालाई सघाउने । नेपाल पत्रकार महासङ्घलगायत राष्ट्रिय–अन्तर्राष्ट्रिय क्षेत्रमा समान उद्देश्य रहेका प्रेस र अन्य सामाजिक सङ्घ, संस्था र सङ्गठनहरूसँग मित्रवत् सम्बन्ध र सहयोग कायम राखी सहकार्य गर्ने । पत्रकारिताको विकास र पत्रकारहरूको वृत्ति विकासमा सहयोगी हुने खालका कार्यक्रम गर्ने । पत्रकारिता क्षेत्रमा उल्लेख्य काम गर्ने प्रतिभाहरूलाई प्रोत्साहन तथा सम्मान गर्ने । पत्रकारको क्षमता, सीप र गुणस्तर अभिवृद्धिका लागि विभिन्न तालिम तथा प्रशिक्षणहरू सञ्चालन गर्ने । असङ्गठित श्रमजीवी पत्रकार तथा सञ्चारकर्मीको पेसागत हक, अधिकारको निम्ति ट्रेड युनियन अधिकारप्रति सचेत बनाउने उदेश्य अनुरुप २०५४ सालमा प्रेस चौतारीको स्थापना थियो ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै