• TOKHA LIVE

      TOKHA LIVE

    • ५ माघ २०७८, बुधबार ११:२८

    विश्व नम्बर एक ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाललाई पिनाकल कलेजको उच्च सम्मान

    टाेखालाइभ/ माघ ५,२०७८

    जुनियर विश्व नम्बर एक ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाललाई पिनाकल कलेजले नगदसहित सम्मान गरेको छ ।
    मंगलबार विद्यालयमा आयोजित कार्यक्रममा पिनाकल कलेजका प्रिन्सिपल ऋषि तिवारी, उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान)का अध्यक्ष रमेशकुमार सिलवाल, कलेजका प्लस टू संयोजक रविप्रसाद तिमिल्सिनालगायतले प्रिन्सलाई नगद ४० हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरेका थिए ।

    पिनाकल कलेजमा हाल ११ कक्षामा अध्ययनरत प्रिन्सलाई
    कलेजले अध्ययनका आवश्यक सम्पूर्ण खर्चमा छात्रबृत्ति दिने निर्णय गरेको प्रिन्सिपल तिवारीले कार्यक्रममा जानकारी दिए । राष्ट्रको गौरवका रुपमा रहेका प्रिन्सलाई उच्चशिक्षाको अवसर पाएकोमा कृतज्ञता व्यक्त गर्दै तिवारीले प्रिन्सकै सम्मानमा कलेजले क्याम्परस्तरीय राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने घोषणासमेत गरेका छन् ।

    हिसानका अध्यक्ष सिलवालले पढाइलाई पनि उत्तिकै प्राथमिकतामा राख्न प्रिन्सलाई सुझाव दिए ।

    विश्व ब्याडमिन्टन फेडेरेसनले सार्वजनिक गरेको विश्व वरीयतामा १८ वर्षीय प्रिन्स शीर्ष स्थानमा पुगेका थिए ।

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै