टाेखालाइभ डट कम/ पौष २६,२०७८
नेकपा एमाले काठमाण्डौ जिल्लाको छैटौ जिल्ला अधिवेसनमा अध्यक्षमा दीपक निरौला सर्वसम्मत रुपमा निर्वाचित भएका छन।
शुक्रबार काठमाडौंको मुलपानी क्रीकेट मैदानमा उद्घाटन भएको काठमाडौं जिल्ला अधिवेशन अन्तर्गत जारी बन्दसत्रले अध्यक्षमा दिपक निरौलालाई नयाँ कार्यसमिति चयन गरिएको हो ।
त्यस्तै उपाध्यक्षमा नवराज पराजुली सचिवमा राजेश शाक्य, उपसचिवद्वयमा विन्दु महर्जन र तेज ढकाल चयन हुनुभएको छ।
काठमाण्डौ क्षेत्र नं ५ ( २ ) बाट बागमती प्रदेस सभा सदस्यमा निर्वाचित निरौला नेकपा एमाले संसदीय दलको प्रमुख सचेतक समेत रहेका छन ।

