• TOKHA LIVE

    • २४ पुष २०७८, शनिबार २०:५४

    नेकपा एमाले काठमाण्डौ जिल्लाको छैटौं अधिवेशनको बन्द सत्र भोलि सम्मका लागि स्थगित

    टाेखालाइभ/पौष २४,२०७८,

    नेकपा एमाले काठमाण्डौ जिल्लाको छैटौ अधिवेसनको बन्द सत्र भोलि बिहान ११ बजे सम्मका लागि स्थगित भएको छ। पौष २४ गते मुलपानीमा रहेको क्रिकेट मैदानमा भएको बन्द सत्र अध्यक्ष मण्डल ,निर्वाचन समिति र माइन्युट लेखन समिती गठन गर्दै स्थगित भएको हो।

    काठमाण्डौ जिल्लाका ११ नगर र १३८ वटा वडा सहित विभाग ,सल्लाहकार र मनोनित गरेर करिव ७ सय प्रतिनिधिहरुको सहभागी रहेको जिल्ला अधिवेसनको बन्द सत्रमा संबोधन गर्दै स्थायी कमिटी सदस्य तथा इन्चार्ज कृष्णगोपाल श्रेष्ठले पार्टी केन्द्र र आम प्रतिनिधिहरुको भावना र मर्म अनुसार सर्वसम्मत नेतृत्व चयन गरिने बताएका थिए।

    नेकपा एमाले काठमाण्डौको छैटौ अधिवेसनको बन्द सत्रमा श्रेष्ठको अध्यक्षतामा पोलिटब्युरो सदस्य रामेश्वर फुँयाल ,पोलिटब्युरो सदस्य कृष्ण राई , केन्द्रीय सदस्यहरु नारायण सिलवाल,केशव स्थापित,सरिता न्यौपाने,विद्यासुन्दर शाक्य, रत्ना गुरुङ सहितको अध्यक्ष मण्डल चयन गरिएको छ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै