• TOKHA LIVE

    • २४ पुष २०७८, शनिबार २०:०२

    पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठलाई कोरोना संक्रमण

    टाेखालाइभ डट कम/ पौष २४,२०७८

    काठमाडौं-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठलाई कोरोना संक्रमण भएको छ।

    शुक्रबार बेलुका पिसिआर परीक्षण गरेका प्रचण्डलाई कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्यमा केही असहजता देखिएपछि पिसिआर परीक्षण गराउँदा प्रचण्डलाई कोरोना संक्रमण देखिएको उनको सचिवालयले जनाएको छ। स्वास्थ्यअवस्था सामान्य रहेका उनी घरमै स्वास्थ्यलाभ लिइरहेका छन्।

    कोरोना संक्रमण देखिएपछि चिकित्सकको सल्लाहअनुसार आइसोलेसनमा बस्नु परेकाले प्रचण्डको पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रमहरू स्थगित गरिएको सचिवालयले जनाएको छ।

    यस्तै अर्का नेता नारायणकाजी श्रेष्ठ पनि काेराेना संक्रमित भएका छन्। उनले पिसिआर परीक्षणमा कोरोना संक्रमण देखिएकाले आफू होम आइसोलेसनमा रहेकाे र हालै आफूसँग प्रत्यक्ष सम्पर्कमा रहेका सबैलाई आबश्यक सावधानी अपनाउन अनुरोध गरेका छन्।

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कोरोनाभाइरस संक्रमण भएपछि प्रधानमन्त्री शेरबहादुर देउवा आजदेखि एकसाता आइसोलेसनमा बस्नुभएको छ ।

    प्रधानमन्त्रीको पीसीआर परीक्षण आइतबार हुने भएको छ । दुई दिनअघि बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रमा प्रचण्डसहित प्रधानमन्त्री देउवा पनि सहभागी हुनुहुन्थ्यो ।

    यसबीचमा उनको सम्पर्कमा आएका सबैलाई सतर्कता अपनाउन प्रचण्डको सचिवालयले अनुरोध गरेको छ। कोरोना संक्रमण बढ्दै गएपछि बिहीबारदेखि प्रचण्डले प्रत्यक्ष भेटघाट बन्द गरेका थिए।

    केही दिनअघिमात्र सम्पन्न माओवादी केन्द्रको महाधिवेशनका क्रममा देशभरबाट हजारौंको संख्यामा नेता तथा कार्यकर्ताहरू सहभागी भएका थिए। प्रचण्डको सचिवालयले बढ्दो कोरोना संक्रमण र स्वास्थ्यकर्मीहरूको सुझावअनुसार भौतिक रूपमा भेटघाट बन्द गरिएको जनाएको थियो।माओवादी अध्यक्ष प्रचण्ड र नेता नारायणकाजीसहित सो पार्टीका १० जनाभन्दा बढी नेतालाई कोरोना संक्रमण भएको छ ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै