• TOKHA LIVE

    • १९ पुष २०७८, सोमबार २०:०३

    अफ्रिकी राष्ट्र मोरिसससँगको खेलका लागि नेपालको टोली घोषणा

    टाेखालाइभ / पौष १९,काठमाडौं ।

    अफ्रिकी राष्ट्र मौरिससविरुद्ध मैत्रीपूर्ण खेलको लागि
    यही २९ जनवरी र १ फेब्रुअरीमा काठमाडौंमा हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रारम्भिक ३४ सदस्यीय टोली
    घोषणा गरेको छ । राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी नेपाल आएपछि जारी ए डिभिजन लिगमा गरेको प्रदर्शनका आधारमा ३४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका हुन् ।

    यसमा मच्छिन्द्रबाट सात जना खेलाडी पर्दा मनाङ, आर्मी र एनआरटीका चार/चार खेलाडी परेका छन् । नेपालले पछिल्लो पटक सेप्टेम्बरमा भारतसँग दशरथ रंगशालामा दुई मैत्रीपूर्ण म्याच खेलेको थियो ।

    नेपालले त्यसबेला साफ च्याम्पियनसिपको तयारीमा नेपालले दुई मैत्रीपूर्ण खेल खेलेको थियो ।

    प्रारम्भिक टोलीमा अटाएका खेलाडी : विशाल श्रेष्ठ, दीप कार्की, किरण कुमार लिम्बु, सत्रुघन चौधरी, टेकेन्द्र थापा, आशिष लामा, आयुस घलान, आकाश बुढा मगर, अनन्त तामाङ, अन्जन विष्ट, अरिक विष्ट, बिमल घर्तीमगर, विशाल राई, दर्शन गुरुङ, देवेन्द्र तामाङ, दिनेश हेमजन, दिनेश राजवंशी, गौतम श्रेष्ठ, कमल थापा, क्षितिज रन्त छुन्जु, मनिष डाँगी, नविन गुरुङ, नितिस थापा, पुजन उपरकोटी, सन्तोष तामाङ, सुवास गुरुङ, सुदीप गुरुङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरज ज्यू ठकुरी, सुशिल राई र तेज तामाङ ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै