• TOKHA LIVE

    • १९ पुष २०७८, सोमबार १९:३७

    व्युटिसियन लक्ष्मी महतको ‘हेल्थ एण्ड व्युटी’ पुस्तक सार्वजनिक

    टाेखालाइभ डट कम/ पौष १९,२०७८

    काठमाडौं /काठमाडौंमा एक समारोहका बीच व्युटिसियन लक्ष्मी महतको ‘हेल्थ एण्ड व्युटी’ पुस्तक सार्वजनिक भएको छ । पुस्तक लोकार्पणका क्रममा महतले सौन्दर्य कार्य सम्वन्धि सिकाई पुस्तक तयार हुन ४ वर्ष समय लागेको बताइन् ।
    पुस्तक तयार हुनेबेला सम्म थुप्रै आरोह अवरोह खेप्दै पुस्तक तयार भएको महतले बताइन् ।

    लायन्स क्लब इन्टरनेशनलका पूर्व गभर्नर मधुकर उपाध्यायले पुस्तकको विषयमा चर्चा गरे । उपाध्यायले लोकार्पित पुस्तकले मुलुकभर सौन्दर्य व्यवसाय गर्न चाहने र सौन्दर्यकला सिक्न चाहने विद्यार्थीहरूका लागि उपयोगी हुने बताए ।

    कार्यक्रममा प्रमुख अतिथि सिटिईभिटीका पूर्व सदस्य सचिव गोविन्द गजुरेल लगायतले पुस्तक लोकार्पण गरेका हुन् ।
    गजुरेलले सौन्दर्य पेसामा फेसियल भ्यालुले महत्व राख्ने भएकाले सौन्दर्यकलामा सौन्दर्य चेतनाको आवश्यक हुने बताए । पुस्तक प्रकाशनका लागि सृजनशिलताको आवश्यक रहेको बताए ।

    टिआईटिआईका डाइरेक्टर महेश्वर भट्टले सौन्दर्यकलालाई मर्यादित बनाउनु पर्ने बताए । उनले विनासाधना पुस्तक तयार गर्न नसकिने हुनाले अथक मिहेनत र परिश्रमले जन्मिएको पुस्तकले भर्खरै सौन्दर्यकला सिक्न चाहनेहरुले घरमै बसेर अध्ययन गरेरै सिक्न सकिने बताए ।

    न्यु लुक्स कस्टमेटिकका फाउण्डर विश्व किरण जैन, बालाजु स्कुल अफ ईन्जिनियरिङ सिटीईभिटीईका गुणानन्द झा, बाग्मती प्रदेश सिटीईभिटीईका प्रमुख तौलेन्द्र आचार्य, सिटीईभिटीईकी को–अर्डिनेटर राजेश्वरी श्रेष्ठ लगायतले महतलाई शुभकामना व्यक्त गरेका थिए।पुस्तकका लेखक महत सौन्दर्य विज्ञ तथा सिटीईभीटी का सीप परिक्षण मुल्यांकनकर्ता हुन् ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै