• TOKHA LIVE

    • १० असार २०७७, बुधबार ०४:४२

    पशुपति मित्र मा.वि का शिक्षक र विद्यार्थीहरू

    टोखा लाइभ । काठमाडौं -७ चाबहिल स्तुपाको काखैमा रहेको नेपाली र अङ्ग्रेजी माध्यममा पढाइ हुने यस पशुपति मित्र मा. वि को स्थापना वि.स २००४ साल भदौ १३ गते भएको हो। यो विद्यालयका शिक्षकहरु योग्य ,अनुभवी , तालिम प्राप्त ,तालिम प्रशिक्षक , पाठ्यपुस्तक लेखक तथा अनुवादक हुनुहुन्छ । आज म मेरो विद्यालयका शिक्षक र विद्यार्थीको घनिष्ट सम्बन्ध बारे एक अनुच्छेद लेख्न गइरहेको छु । मेरो विद्यालयका शिक्षक र विद्यार्थीको साच्चै नै घनिष्ट सम्बन्ध रहेको पाइन्छ। जसरी एउटा सुन्दर बाटोको परिकल्पना गरि बाटो निर्माण गरिन्छ त्यसैगरि मेरो विद्यालयका शिक्षकहरुले विद्यार्थीका लागि उज्यालो भविस्य परिकल्पना गरि एउटा सुन्दर बाटो बनाइदिएका छन।

    शिक्षक र विद्यार्थी बीच नङ्ग र मासुको सम्बन्ध भएर नै कोभिड (१९)कोरोना भाइरस को प्रभावबाट समस्यामा परेका विद्यार्थीहरुको लागीवि.स २०७७/२/१२ गते मेरो विद्यालयका प्रधानाध्यापक तथा शिक्षक कर्मचारीहरु मिलेर दुइ पटक गरि ९६ जना विद्यार्थी लाइ राहत वितरण गर्नुभयो । यहाका विद्यार्थीहरुले यस विद्यालयलाई मन्दिर को रूपमा र शिक्षक लाई भगवान् सरि मानेर विद्यार्थी दिनहुँ त्यहाँ पुगेर आशीर्वाद अर्थात् विद्या आर्जन गर्छन् । विद्यार्थीका बारेमा हरबखत सोचिरहने यस विद्यालयका शिक्षकहरू पनि विद्यार्थीलाई पढ्दा सहज हुने उपाय सोचिरहेका–खोजिरहेका हुन्छन्, त्यसैले विद्यार्थीले पनि आफ्नो कर्तव्य पूरा गर्नुपर्छ र दुवैतिरबाट समझदारीको तौल बराबर बनाउनुपर्छ ।

    यदि विद्यार्थीको कमी–कमजोरी भए शिक्षकले उसलाई सुधार्ने बाटोतर्फ लानुपर्छ भनेर यहाँ शिक्षकहरुलाई थाहा नै छ । हामी कसैले यो कुरा भुल्नु हुँदैन कि शिक्षा र स्वास्थ्य हरेक व्यक्तिको मौलिक अधिकार हो र यस्ता चिजबाट कोही पनि वञ्चित हुनु हुँदैन भनेर यहाँका शिक्षकहरुले दिन प्रतिदिन विद्यार्थीहरुलाइ ज्ञान दिराखेका छन । नेपालको संविधानमा उल्लेखित बालबालिकाको हक–अधिकारअनुसार कुनै पनि बालबालिकालाई मानसिक एवं शारीरिक यातना दिन पाइनेछैन भनेर यस विद्यालयका शिक्षकहरुलाइ सिकाउन पर्दैन । तसर्थ यहाँका शिक्षकले आफू पनि साथीजस्तै भै विद्यार्थीका लागि घुलमिल हुने सहज वातावरण सिर्जना गरेका छन। अहिले यो विद्यालय मन्दिरको पर्यायवाची हुन सफल भएको छ। शिक्षक र विद्यार्थीको सकारात्मक अनि साथीजस्तो व्यवहारले दुवैलाई सहज बनाएको छ । 

    यस विद्यालयको एक खोजअनुसार शिक्षक र विद्यार्थी दुवैको सकारात्मक सम्बन्धले विद्यार्थीको शैक्षिक मात्र नभएर सामाजिक पक्ष पनि पोजिटिभ देखीएको छ । विद्यार्थीको हितका लागि दिन प्रतिदिन शिक्षकहरु लागिपरेका छन। यी दुवै पक्षको सुमधुर सम्बन्धबाटै सुन्दर समाजको परिकल्पना गर्न सकिएको छ । यस विद्यालयका प्रधानाध्यापक श्री चन्द्रकान्त पण्डित सरले यो विद्यालयलाई कसरी देशको नमुनाका रूपमा चिनाउनु पर्छ भन्ने उदेश्यकासाथ लागि पर्नु भएको छ । उहा विद्यार्थी, अभिभावक, शिक्षक कर्मचारीहरुसँग हातेदालो गर्दै अगाडि बढेको देख्दा अव त पशुपतिले केही गर्छ भन्न थालेका छन । सदैव विध्यालयको भलाइको लागि मात्र खोजमा जुटेको दखिन्छ । आफ्ना तीनवटा  छोरीहरुलाई यसै विद्यालयमा पढाई अन्य शिक्षक तथा सम्वन्धित सवैलाई नैतिक दवाव दिन सफल हुनुभएको छ। 

    । दिन प्रतिदिन विद्यादलयका निम्ति लेख रचनाहरु लेखिराख्नु भएको छ।मलाई विस्वास छ पशुपति मित्र मा . वि छिटै नै देशको नमुना विद्यालय बन्नेछ । त्यसैले विद्यालयका निम्ति शिक्षक , अभिभावक , विद्यार्थीहरुएकजुट भएर अगाडि बढौ र पशुपतिलाई एक सफल विद्यालय वनाऔ।

    देवजङ्ग शाही

    कक्षा -९

    पशुपति मित्र मा.वि

    काठमाडौं -७ चाबहिल

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै