टोखा लाइभ । २०७८ पुष १८ गते ।
बेसीसहर । श्री टोखा भगवती क्लबले एमसीटी फुटबल क्लबमाथि ४–१ को शानदार जित दर्ता गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । आइतवार बेसीसहरमा भएको २९ औं त्रिवेणी कप फुटबल प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै सेमिफाइनलमा श्री टोखा भगवती क्लबले अर्कों चीर प्रतिद्वंद्वी फुटबल क्लबसँगको भेट पक्का गरेको हो।
खेलको २७ औं र ४६ औं मिनेटमा अर्मान्डले दुई गोल गरे भने अनिश श्रेष्ठ र मोइसले समान एक÷एक गोल गरे ।
५४ औं मिनेटमा एमसीटीका सुमिन थापाले सान्त्वना स्वरूप १ गोल गरे । एमसीटीका फुटबल क्लबले रक्षात्मक खेलेको थियो । खेलको म्यान अफ दि म्याच घोषित हुँदै श्री टोखा भगवती क्लबका अनिशले १० हज़ार नगद प्राप्त गरे ।
प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेताले ३ लाख नगद पुरस्कार पाउने आयोजक त्रिवेणी युवा क्लबले जनाएको छ ।
प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख पाउने आयोजक त्रिवेणी युवा क्लबले जानकारी दिएको छ ।यस्तै सेमिफाइनलमा पराजित टोलीले पनि ५०/५० हजार पाउने छन् ।

