• TOKHA LIVE

    • १७ पुष २०७८, शनिबार १८:४०

    २९ औं त्रिवेणी कपमा श्री टोखा भगवतीको संघर्षपूर्ण जित

    टोखा लाइभ । २०७८ पुष १७ गते ।

    बेसीसहर । श्री टोखा भगवती क्लबले बेसीसहरमा जारी २९ औं त्रिवेणी कप फुटबल प्रतियोगितामा संघर्षपूर्ण जित निकालेको छ ।

    शुक्रबार भएको खेलमा श्री टोखा भगवती क्लबले श्री श्रीजङ गणलाई सडनडेथमा हरायो ।खेलको निर्धारित समय १-१ गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा गएको थियो।

    टाइब्रेकरमा पनि ४-४ गोलको बराबरी भएपछि खेलको निर्णय सडनडेथबाट गरिएको थियो ।

    सडनडेथमा श्री टोखा भगवतीका अनिल खड्का, उत्तम शाही, अनिश श्रेष्ठ र मोइसले गोल गरे ।

    श्रीजङका भिम बिके, दोर्जे तामाङ, विनय महतले गोल गर्दा गोपाल शाक्य असफल भए ।

    पेनाल्टी अघि सुबाश लामा बम्जनले गोल गर्दै श्रीजङलाई अग्रता दिलाएका थिए ।
    तर, दोस्रो हाफमा मोइसले गोल गर्दै श्री टोखा भगवतीलाई बराबरीमा ल्याएका थिए ।
    आगामी पुस २१ गतेसम्म चल्ने प्रतियोगितामा १८ टोलीको सहभागिता रहेको छ ।
    प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख पाउने आयोजक त्रिवेणी युवा क्लबले जनाएको छ ।यस्तै सेमिफाइनलमा पराजित टोलीले ५०/५० हजार पाउने छन् ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै