• TOKHA LIVE

    • ९ पुष २०७८, शुक्रबार ०६:१६

    पत्रकार कुमार रञ्जित ‘ज्यापू विशेष सम्मान-२०७८’बाट सम्मानित

    टाेखालाइभ डट कम/ पौष ९,२०७८

    काठमाडौं /पत्रकारितामा अमूल्य योगदान पुर्याए बापत पत्रकार कुमार रञ्जितलाई ‘ज्यापू विशेष सम्मान-२०७८’बाट सम्मानित गरिएको छ।

    ज्यापू सँस्कृति विकास काेषबाट ‘योमरी पुर्णिामाको अवसरमा
    आइतबार काठमाडौंमा आयोजना गरिएको १८ औं राष्ट्रिय ज्यापू दिवसको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका थिए ।

    सो अवसरमा संचारको माध्यमबाट नेपालभाषा, कला संस्कृतिको विकासमा महत्त्वपूर्ण योगदान पुर्याएको भन्दै पत्रकार कुमार रञ्जितलाई ‘ज्यापू विशेष सम्मान-२०७८’बाट सम्मान प्रदान गरिएको हो।

    विगत तीन दशक लामो समयदेखि हालसम्म क्रियाशिल रहनु भएका पत्रकार रन्जित उज्यालो नेटवर्कमा आबद्ध सक्रिय पत्रकार हुन् ।

     

     

    Facebook Comments

    छुटाउनुभयो कि? सबै