• TOKHA LIVE

    • ५ पुष २०७८, सोमबार २०:२७

    गठबन्धन टुट्न दिनुहुन्नः अध्यक्ष प्रचण्ड

    टाेखा लाइभ/ पौष ५

    काठमाडौंः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजकै समय पोहोर केपी शर्मा ओलीले गठबन्धन फुटाएर देश गहिरो खाडलमा हाल्न खोजेको र अझैपनि विभिन्न खालका चालबाजी गर्र्दै देशलाई अँध्यारोतिर धकेल्न खोजिरहेको भन्दै त्यसलाई सफल हुन नदिने बताएका छन् ।

     

    सोमबार समाजवादी प्रेस संगठनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले गठबन्धन नफुट्ने बरु अन्य राजनीतिक शक्तिलाई समेत समेटेर थप बलियो बनाउदैं लाने बताए ।

     

    ‘हामी प्रतिगमनलाई निर्णायक ढंगले परास्त गर्नेगरी प्रस्तुत हुन्छौं । ओलीले विभिन्न चालबाजी गर्न खोजेको छ, त्यो सफल हुनेछैन’, प्रचण्डले भने । उनले गठबन्धनमा पटकपटक छलफल भइरहेको भन्दै कुनै हालतमा गठबन्धन कमजोर र टुटाउन नदिनेबारेमा प्रधानमन्त्री तथा काँग्रेस सभापति देउवासँग पटक पटक छलफल चलिरहेको बताए ।

     

     

    भेटघाटको क्रममा प्रम देउवाले ओली प्रवृत्तिलाई सफल हुन नदिने विश्वास व्यक्त गरेको बताए । उनले वर्तमान सरकारले लोकतन्त्र र संविधानको रक्षा गर्दै देशलाई ट्रयाकमा लैजाने प्रयास गरिरहेको र प्रतिगमनका बिरुद्ध पाँचै दललाई जिम्मेवार हुन आग्रह गरे ।- मध्यान्ह दैनिकबाट

    Facebook Comments

    छुटाउनुभयो कि? सबै